बेलायतले इरानलाई तिर्नुपर्ने ४० करोड पाउन्ड ऋणबारे छलफल
लन्डन ।
बेलायत र इरानबीच ४० करोड डलर ऋणबारे छलफल भइरहेको बेलायती विदेशमन्त्री जेम्स क्लेभर्लेले बताएका छन् । तर उक्त छलफलमा इरानी थुनामा रहेकी नाजानिन जागारी -याटक्लिफेबारे कुनै कुरा नउठेको बीबीसीले बताएको छ ।
सन् १९७० मा इरानले किनेका ट्यांकहरु दिन नसकेको कारण बेलायतले उक्त रकम इरानलाई तिर्न बाँकी रहेको बताइएको छ ।
यता इरानी मूलकी बेलायती जागारीले भने इरानले ऋण उठाउन आफूलाई थुनामा राखिरहेको बताएकी छिन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने यी दुवै फरक मुद्दा भएको बताएका छन् । पत्रकारसँगको कुराकानीमा हार्टलपुल भ्रमणमा पुगेका जोन्सनले आफ्ना मन्न्त्रीहरुले जागारीबारे विचार गरिरहेको र तेहरानमा दुई राष्ट्रिय जटिल मुद्दा रहेको बताएका हुन् ।
फेरि अर्को वर्षका लागि थुनामा पुगेसँगै बितेका हप्तामा जागारीबारे समाचारहरु बनेका थिए । उनी पाँच वर्षे थुनाको समय सकिँदै गर्दा फेरि थुनामा थप समय राखिएको हो । उनी सन् २०१६ मा तेहरानमा पक्राउ परेकी थिइन् । उनीविरुद्ध जासुसी गरेको आरोप लागेको छ तर उनले यसलाई अस्वीकार गर्दै आएकी छिन् ।
उनका पति रिचार्डले पनि श्रीमतीलाई बार्गेनिङ गर्ने साधन बनाएको आरोप लगाउँदै आएका छन् । आइतबार इरानी राष्ट्रिय टीभीले बेलायतले ४० करोड पाउन्ड ऋण तिरेको बताएको थियो । तर बेलायतले यसबारे कुनै परिवर्तन नभएको बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया