ट्रम्पमाथि फेसबुकले लगाएको स्थायी प्रतिबन्ध पुनर्विचार गर्न निर्देशन
अमेरिका ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट सदाका लागि बन्द गर्ने फेसबुकको निर्णयमा समर्थन गर्दै निरीक्षकहरुको बोर्डले छ महिनाभित्र यसको पुनर्विचार गर्न निर्देशन दिएको छ । ट्रम्पविरुद्ध गरिएको कारबाही सही भए पनि सदाका लागि प्रतिबन्धित गर्ने निर्णयको आलोचना गर्दै ‘ओभरसाइट बोर्ड’ले यसलाई फेसबुकको सामान्य दण्डसजायभन्दा बाहिर गएको ठहर गरेको हो ।
बीबीसीका अनुसार बोर्डले सबैका लागि मान्य हुने कारबाहीसँग मेल खाने गरी स्थायी प्रतिबन्धको निर्णय समीक्षा गर्न भनेको छ । फेसबुक र इन्स्टाग्रामले ट्रम्पको दुवै सामाजिक सञ्जालको एकाउन्ट स्थायी रुपमा प्रतिबन्धित गरेको थियो । खासगरी जनवरीमा ट्रम्प समर्थकले उनकै उक्साहटमा अमेरिकी संसदमा हुलहुज्जत गरेको भन्दै फेसबुक र इन्स्टाग्रामले उनको एकाउन्ट नै निलम्बन गरेको थियो । पछि यसलाई स्थायी रुपमै प्रतिबन्धित गरिएको थियो ।
ओभरसाइट बोर्डले सुरुमै स्थायी प्रतिबन्ध लगाउने फेसबुकको निर्णय अनिश्चित र मानकरहित भनेको छ । फेसबुकका अन्य प्रयोगकर्तालाई जस्तै ट्रम्पलाई पनि सोही अनुसारको कारबाही गरिनुपर्नेमा मनोमानी निर्णय गरेको भन्दै स्वतन्त्र बोर्डले फेसबुकको आलोचना गरेको छ । यता फेसबुक र ट्विटरजस्ता चर्चित सामाजिक सञ्जालले प्रतिबन्धित गरेपछि ट्रम्पले भने बुधबार नै नयाँ वेबसाइट सार्वजनिक गरेका छन् । यसबाट आफ्ना समर्थकमाझ पुग्ने विश्वास ट्रम्पको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया