इस्लामावाद ।
पाकिस्तानले विद्युत महशुलमा वृद्धि गरेको छ । मुद्रास्फीति, पेट्रोलियम पदार्थ, खाद्यान्नका सामानहरूको मूल्य वृद्धिपछि आर्थिक भार खेपिरहेका पाकिस्तानीहरूलाई सरकारले शुक्रबार त्रैमासिक समायोजनमा विद्युत् शुल्क बढाउने निर्णय गरेपछि थप मारमा परेका हुन् ।
एक निजी टिभी च्यानललाई उद्धृत गर्दै द न्युज इन्टरनेशनलले रिपोर्ट गरेको छ, ‘मन्त्रिपरिषद्ले ऊर्जा मन्त्रालयको उक्त निर्णयलाई अनुमोदन गर्दै पत्राचारमार्फत कार्यान्वयनमा लान आह्वान गरिसकेको छ । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०२० को चौथो त्रैमासिकमा प्रतिइकाइ ८२ पैसाको वृद्धिलाई अनुमोदन गरेको थियो ।
आर्थिक वर्षको पहिलो त्रैमासिकमा सरकारले समायोजनको हिसाबले प्रतिइकाइ ९० पैसाको वृद्धिलाई अनुमोदन ग-यो । विद्युत् शुल्कमा गरिएको पछिल्लो वृद्धि २०२१ अक्टोबरदेखि लागू गरिने न्युज इन्टरनेशनलले जनाएको छ ।
यो उल्लेखनीय छ कि मार्च २०२१ को सुरुमा राष्ट्रिय इलेक्ट्रिक ऊर्जा नियामक प्राधिकरण (नेप्रा) ले विद्युत दरमा प्रतियुनिट ८९ पैसा बढाउने सूचना गरेको थियो । विवरण अनुसार, महशुल दरहरुमा बढाइएको शुल्कका कारण प्राधिकरणलाई ६.९ अर्ब पाकिस्तानी रूपैयाँबराबरको अतिरिक्त राजस्व प्राप्त हुनेछ । केन्द्रीय विद्युत् खरिद गर्ने संस्था (सीसीपीए)मा शक्ति वृद्धि गर्नका लागि प्राधिकरणले फेब्रुअरी २५ मा सार्वजनिक सुनुवाइ गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया