बंगलादेशमा लकडाउन अवधि बढ्यो, यातायात सञ्चालनलाई खुकुलो पारिने
ढाका ।
बंगलादेशले कोभिड–१९ नियन्त्रणका लागि लगाउँर्दै आएको बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ । सरकारले बन्दाबन्दीको अवधि बढाएपनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको छ । बंगलादेशले महामारी फैलिन नदिन गत महिनादेखि बन्दाबन्दीको घोषणा गरेको थियो ।
बंगलादेशको मन्त्री परिषद्ले आइतबार एक सूचनामार्फत यो निर्णय सार्वजनिक गरेको हो । पछिल्लो पत्रअनुसार सरकारले आइतबार मध्यरातदेखि स्वास्थ्य नियमहरू पालना गर्ने सर्तमा सार्वजनिक यातायात सेवाहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।
कोभिड– १९ विरूद्धको अभियानमा बंगलादेशले अप्रिल १४ देखि २१ सम्म आठ दिन कडा लकडाउनको घोषणा गरेको थियो भने पछि यसलाई चरणबद्ध रूपमा मे २३ सम्मका लागि विस्तार गरेको थियो । यस मुलुकमा आगामी दिनमा होटल र रेष्टुरेन्टहरू पनि प्रतिबन्धको दायरा बाहिर राखिएको छ ।
हालका दिनहरूमा कोभिड–१९ संक्रमण र मृत्यु दरमा न्यूनता आउन थालेपछि प्रतिबन्धहरूलाई सहज बनाइएको हो । शनिबार, यहाँको स्वास्थ्य सेवा महानिर्देशालयले गत २४ घण्टाभित्र कोभिड–१९ संक्रमितको संख्या एक हजार २८ रहेको छ भने ३८ संक्रमितको मृत्यु भएको छ ।
यससँगै बंगलादेशमा कोभिड–१९ बाट अहिलेसम्म संक्रमितको संख्या सात लाख ८७ हजार सात सय २६ पुगेको छ भने १२ हजार तीन सय ४८ संक्रमितको मृत्यु भएको छ । आधिकारिक तथ्यांकका अनुसार बंगलादेशमा कोभिड–१९ संक्रमितको मृत्यु दर १.५७ प्रतिशत छ र निको भएकाको संख्या ९२.६५ प्रतिशत छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया