चीनले सहयोगस्वरुप दिएको खोप पाकिस्तान पुग्यो
इस्लामाबाद ।
चीन सरकारले पाकिस्तानलाई चौंथो पटक सहयोग गरेको कोरोनाविरुद्धको खोप बुधबार पाकिस्तान पुगेको पाकिस्तानमा रहेको चिनियाँ दूतावासले जानकारी दिएको छ । सिन्ह्वाका अनुसार चीनको सिनोफार्मद्वारा उत्पादन भएको यस खोपले हाल विश्वमा जारी महामारीविरूद्ध पाकिस्तानलाई सहयोग पु-याउने चिनियाँ दूतावासले जानकारी दिएको छ ।
मंगलबार चिनियाँ खोपको उदघाटन समारोहमा भाग लिएका पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङले महामारीको प्रकोप भएदेखि चिनियाँ र पाकिस्तानी सरकार, सेना र जनताले एक अर्कालाई सबै तरिकामा सहयोग गर्दै आएको र यसले दुई देशको सम्बन्धलाई थप मजबुत बनाएको बताएका छन् । चिनियाँ सरकार र सेनाले दिएको सहयोग खोप प्राप्त गर्ने पहिलो देश पाकिस्तान भएकोमा चीनलाई गर्व भएको पनि राजदूतले बताएका छन् ।
कोरोनाविरूद्ध लड्न चीनले पाकिस्तानलाई आफ्नो सहयोग अझ प्रगाढ पार्ने उनले बताएका छन् । हाल जारी महामारी नसकिएसम्म पाकिस्तानलाई सम्भव सबै सहयोग गर्ने राजदूतले जानकारी दिएका छन् ।
यस वर्षको सुरूमा चिनियाँ सरकारले पाकिस्तानलाई तेस्रो खेप खोपहरु सहयोग पु-याउन थियो र चिनियाँ सेनाले पाकिस्तानी सेनालाई दोस्रो खेप खोपहरु पनि सहयोग गरेको थियो । चीनले पहिलो खेप खोप सहयोग पाकिस्तानलाई गरेपछि गत फेब्रुअरीको शुरुबाट नै पाकिस्तानले कोरोनाविरुद्ध खोप अभियान गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया