बंगलादेशमा लगाइएको देशव्यापी लकडाउनको समयावधि फेरि थप
ढाका ।
कोरोनाभाइरसको महामारी नियन्त्रणमा नआएकाले बंगलादेशमा लगाइएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । देशव्यापी लकडाउन फेरि १० दिन थप गरिएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।
लकडाउनलाई अझै कडा बनाउदै लगिने पनि उनीहरुले बताएका छन् । महामारी अपेक्षित रुपमा नियन्त्रण हुन नसकेकाले लकडाउन अझ कडा बनाउनुपरेको उनीहरुको भनाइ छ । यसअघि लागू गरिएको लकडाउन सोमबार सकिने भएकाले मंगलबारदेखि लकडाउनलाई निरन्तरता दिने निर्णय भएको हो ।
बंगलादेशमा कोरोनाभाइरसको महामारी फैलिएपछि लामो समयदेखि लकाडाउन जारी रहेको छ । यसअघि पनि लकडाउनको समयावधि पटक पटक थप गरिएको थियो । अहिले थप गरिएको लकडाउन आगामी जुन १६ को मध्यरातसम्म कायम रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
लकडाउनको म्याद थप गर्ने बारेमा सरकारी अधिकारीहरुले सरोकारवाला तथा विज्ञहरुसँग परामर्श गरेका थिए । उनीहरूको सुझाव र सिफारिसका आधारमा मन्त्रीपरिषद्ले लकडाउनको समयावधि थप गरिएको अधिकारीहरुको भनाइ छ ।
बंलादेशमा अहिले जारी रहेको लकडाउन गत अप्रिल ५ देखि सुरु भएको हो । सुरुमा एक हप्ताका लागि मात्रै लकडाउन घोषणा गरिएको थियो । बंगलादेशको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार नौ सय ७० जना नयाँ संक्रमित थपिएका छन ।
सोही अवधिमा थप ३० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । बंगलादेशमा अहिलेसम्म कुल आठ लाख १२ हजार नौ सय ६० जना संक्रमित भएका छन् भने कुल १२ हजार आठ सय ६९ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया