सिद्धार्थ इन्स्योरेन्सको १९औँ वार्षिक साधारणसभा
काठमाडौं ।
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले शुुक्रबार भर्चुअल माध्यमबाट आफ्नो १९औँं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७६–०७७ मा विभिन्न बीमा व्यवसायअन्तर्गत एक अर्व ९६ करोड ३९ लाख बीमाशुल्क आर्जन गरेकोे थियो भने यस आवको साधारणसभा भएको दिनसम्म दुई अर्ब एक करोडभन्दा बढी बीमा शुल्क आर्जन गरिसकेको जानकारी दिएको छ ।
उक्त बीमाशुल्क संकलन गत आवको सोही समयको तुलनामा १६ दशमलव सात बढी रहेको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा तीन दशमलव ७८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा भने १७ करोड ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १६ करोड तीन लाख ३६ हजार रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय ३८ रुपैयाँ ४१ पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया