विद्युतीय उड्ने कार बनाउँदै आर्कर एभिएसन
अमेरिका ।
आर्कर एभिएसन कम्पनीले पहिलो विद्युतीय उड्ने कार बनाउने भएको छ । कम्पनीले सन् २०२४ मा व्यावसायिक रुपमै सार्वजनिक गर्ने गरी उड्ने कार बनाउने बताएको हो ।
कम्पनीले यसको प्रारुप सार्वजनिक गर्दै उक्त कार कसरी उडान भर्छ भन्ने भिडियो अनावरण गरेको छ । क्यालिफोर्नियास्थित एयरक्राफ्ट उत्पादक कम्पनीले आफ्नो एक्सआर प्रविधि विस्तार गर्दै दुई यात्रु बस्न मिल्ने कार बनाउन लागेको हो । यसले सजिले उड्न र अवतरण गर्न सक्ने बताइएको छ । यसको नाम भने मेकर दिइएको छ ।
आर्करका बजार तथा सञ्चार प्रमुख लुइस ब्रिस्टोले आर्कर एउटा ठूलो र सक्षम कम्पनी भएकाले यो कोशेढुंगामा पुगिछाड्ने बताए । कम्पनीले सन् २०२४ मा चार जना बस्न मिल्ने उड्ने कार बनाउने लक्ष्य राखेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया