चीनको खुद्रा बिक्री १२.४ प्रतिशतले बढ्यो
बेइजिङ ।
चीनको उपभोग्य वस्तुको खुद्रा बिक्री मे महिनामा बढेको छ । वर्षगत तुलनामा १२.४ प्रतिशतले खुद्रा बिक्रीदर बढेको नेशनल ब्युरो अफ स्टाटिष्टिक्स (एनबीएस)ले बुधबार जनाएको छ ।
एनबीएसले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९ को सोही महिनाको तुलनामा बढेर ९.३ प्रतिशत पुगेको छ । दुई वर्षको औसत वृद्धिदर भने ४.५ प्रतिशत रहेकोा बताइएको छ । जनवरी–मे महिनाको अवधिमा खुद्रा बिक्रीदर २५.७ प्रतिशतले वार्षिक वृद्धि भएको छ । उक्त अवधिमा दुई वर्षको औसत वृद्धिदर ४.३ प्रतिशत रहेको एनबीएसले जनाएको छ । गत वर्षको पाँच महिनामा भने वृद्धिदर घटेको थियो ।
कोरोना महामारीले उपभोक्ता खर्चमा असर पार्दा खुद्रा बिक्रीदर घटेको थियो । अप्रिलको तुलनामा मे महिनामा कस्मेटिक र सांस्कृतिक तथा कार्यालयमा आपूर्तिसहित १० शीर्षकमा वृद्धि देखिएको बताइएको छ । मे महिनामा मात्रै सहरी क्षेत्रमा ३१ खर्ब ३० अर्ब युआनबराबरको बिक्री भएको बताइएको छ । यो गत वर्षको तुलनामा १२.३ प्रतिशतले बढी हो । त्यस्तै ग्रामीण क्षेत्रमा १३.२ प्रतिशतले बढेर चार खर्ब ६३ अर्ब २० करोड युआनबराबरको बिक्री भएको बताइएको छ ।
जनवरीदेखि मे महिनासम्म क्याटरिङ उद्योगतर्फ राजस्वमा ५६.८ प्रतिशत वृद्धिदर देखिएको छ । कोरोनाले सबैभन्दा प्रभावित क्षेत्र नै यही थियो । त्यस्तै अनलाइनबाट हुने खुद्रा बिक्री समेत २४.७ प्रतिशतले बढेर ४८ खर्ब २० अर्ब युआन पुगेको छ । वस्तुको अनलाइन बिक्री वर्षगत तुलनामा १९.९ प्रतिशतले बढेको बताइएको छ । कुल खुद्रा बिक्रीको २२.६ प्रतिशत अनलाइन बिक्रीको हिस्सा छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया