कोभिड प्रभावित पर्यटन क्षेत्रमा नागरिक लगानी कोषको विशेष सापटी सेवा
काठमाडौं ।
नागरिक लगानी कोषले कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा दिने भएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिनको लागि निषेधाज्ञा गर्दा पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, ट्रेकिङ तथा उड्डयन क्षेत्रमा कार्यरत कर्मचारीहरू तुलनात्मक रूपमा बढी प्रभावित भएका छन् ।
उक्त क्षेत्रहरूमा कार्यरत कर्मचारीहरूले नागरिक लगानी कोषबाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिकरूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भए पनि राहत र सहयोग पु-याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको कोषको भनाइ छ ।
कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधाअन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिनेछ । यस सापटीमा कर्मचारी बचत वृद्धि अबकाश कोषले दिने ब्याजदर सरह नै लिने ब्याजदर निर्धारण गरिएको छ । यसको मतलव लिने र दिने ब्याजदरको अन्तर शून्य रहेको छ । यस्तो सुविधा अतिप्रभावित पर्यटन क्षेत्रसँग सम्बद्ध सहभागीहरूलाई २०७८ पौष मसान्तसम्म उपलब्ध गराइनेछ भने उक्त सापटी रकम सापटी लिएको दुई वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको कोषले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया