मिलेमतोमा करछुट दिने शर्मासहित तीन जनाविरुद्ध मुद्दा दायर
१ अर्ब ३३ लाख छुट दिएको आरोप
काठमाडौँ ।
व्यक्तिसँग सम्झौता गरी बदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार तीन सय ८५ रुपैयाँ कर बक्यौतालाई करछुट दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार कर फर्छ्योट आयोग, २०७१ को नाममा उक्त बक्यौता करछुट दिइएको हो । लुम्बध्वज महत आयोगको अध्यक्ष र उमेशप्रसाद ढकाल सदस्य थिए भने शर्मा सचिव थिए । आयोगले कर फर्छ्योट आयोग, २०३३ ले दिएको अधिकार क्षेत्रभन्दा बाहिर गई बदनियतपूर्वक करदाताहरुसँग सम्झौता गरी छुट दिएका थिए । उनीहरुले सम्झैता नगरी करछुट नदिएको भए उक्त रकम नेपाल सरकारको खातामा जम्मा हुने थियो ।
अख्तियारका अनुसार आयोगका तीन जनाले कर फर्छ्योट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्यसम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने र राज्यलाई हानि नोक्सानी पु-याउने काम गरेका थिए । अख्तियारले आयोगको उक्त बदनियतपूर्ण कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा ७ र दफा ७ को (क) मा परिभाषित कसुर गरेको पुष्टि भएको दाबी गरेको छ । अख्तियारले उनीहरुलाई कैद र जरिवाना माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका अनुसार आयोगले ३० अर्ब ५२ करोड रुपैयाँको कर फर्छ्योट गर्दा नौ अर्ब ५४ करोड रुपैयाँ मात्रै राज्यकोषमा दाखिला भएको छ । उक्त आयोगले अरु रकम भने अनियमित तरिकाले मिनाहा गरेका थिए । आयोगका अनुसार झण्डै ६९ प्रतिशत रकम राज्यकोषबाट गुम्नपुगेको छ । आयोगको निर्णयको कारण ३१ प्रतिशत राजस्व मात्र राज्यकोषमा जम्मा भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया