एन्टि–भाइरसका रचयिता म्यकाफी जेलमै मृत भेटिए
वार्सिलोना ।
एन्टिभाइरस सफ्टवेयर उद्यमी जोान म्यकाफी स्पेनको बार्सिलोनास्थित जेलभित्रै मृत फेला परेका छन् । स्पेनको एक अदालतले उनलाई अमेरिका सुपुर्दगी गर्न मञ्जुरीसहितको आदेश दिएको केही घण्टालगत्तै उनी मृत अवस्थामा फेला परेको बताइएको छ ।
उनीविरुद्ध अमेरिकामा करछली गरेको आरोप लागेको छ । द क्याटलान न्याय विभागले ७५ वर्षीय उनलाई बचाउन औषधोपचार गरे पनि सफल नभएको बताएको छ । जेलभित्रै उनले आत्महत्या गरेको अड्कल गरिएको छ ।
प्रविधि संसारमा उनी विवादित अनुहार थिए । उनको कम्पनीले पहिलो व्यावसायिक एन्टिभाइरस सफ्टवेयर बजारमा ल्याएको थियो । म्यकाफी भाइरस स्क्यानले कम्प्युटर संसारमा अर्बौँ डलरको उद्योगलाई सहयोग गरेको थियो । उक्त सफ्टवेयर प्रविधि कम्पनी इन्टेललाई सात अर्ब ६० करोड अमेरिकी डलरभन्दा धेरै मूल्यमा बिक्री गरिएको थियो ।
सन् २०२० को अक्टोबरमा टर्की जाँदै गर्दा उनी स्पेनमा समातिएका थिए । उनीमाथि चार वर्षसम्म करको विवरण नबुझाएको आरोप छ । उनले विभिन्न माध्यमबाट आर्जित लाखौँ सम्पत्तिको कर नतिरेको आरोप लागेको छ ।
कर नतिर्न उनले विभिन्न अन्य उपाय अपनाएको अमेरिकी न्याय विभागले जनाएको छ । त्यस्तै अरुकै नाममा सम्पत्ति आर्जन गरेको अभियोग पनि उनीमाथि लागेको छ । उनी बेलायतमा जन्मिएका थिए । सन् १९८० तिर उनले म्यकाफी भाइरस स्क्यान सार्वजनिक गरे । यद्यपि उनले कहिल्यै आफ्नो सफ्टवेयर आफ्ना कम्प्युटरमा प्रयोग नगरेको बताउँथे ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया