भन्सार सेटिङबाट स्यानिटरी प्याडको मूल्य घोषणा गर्दा करोडौंको राजस्व घाटा
नियन्त्रण गर्ने निकाय भने मौन
विराटनगर । सरकारले बजेटमा विद्यालयस्तरका विद्यार्थीलक्षित कार्यक्रम भन्दै एक अर्ब ८७ करोड रकमको बजेट स्यानिटरी प्याड खरिदका लागि विनियोजन गरेपछि उद्योगी तथा व्यवसायीहरूले स्यानिटरी प्याडको आयात गर्दा भन्सारसँगको सेटिङबाट राज्यलाई करोडौँको नोक्सान पु-याएको पाइएको छ ।
चालू आर्थिक वर्ष ०७७/०७८ को गत साउनदेखि माघ महिनासम्ममा विराटनगर भन्सार र वीरगञ्ज भन्सारको मुख्य नाका प्रयोग गरी उद्योगी तथा व्यवसायीहरूले भारतबाट भन्सार मूल्यांकन कम गरी स्यानिटरी प्याड नेपाल भित्र्याएको पाइएको हो । स्थानीय तहहरूबाट स्यानिटरी प्याड खरिदका लागि भन्दै टेन्डर आह्वान हुन थालेपछि स्यानिटरी प्याडको एमआरपीमा उल्लेख गरिएको मूल्यका आधारमा भन्सार मूल्यांकन गर्नुपर्ने अनिवार्य व्यवस्थालाई लत्याउँदै भन्सार सेटिङमा २ रूपैयाँ २५ पैसामा स्यानिटरी प्याडको आयात गरेको समाचारस्रोतले दाबी गरेको छ ।
विषेशगरी वीरगञ्ज औद्योगिक करिडोरका उद्योगी र विराटनगरमा सञ्चालनमा रहेका सेनिटरी प्याड उद्योगहरूले वीरगञ्ज भन्सार नाका र विराटनगर भन्सार नाकाबाट आफूखुसी भन्सार सेटिङको दररेट कायम गरी तयारी स्यानिटरी प्याड आयात गर्ने गरेको रहस्य खुल्न पुगेको हो ।
तयारी सेनिटरी प्याड विदेशबाट आयात गर्दा प्रतिगोटा भन्सार दर चारदेखि छ रूपैयाँको राजस्व सरकारले तोकेको छ । तर भन्सार सेटिङ भएपछि दुर्य रूपैयाँ २५ पैसादेखि तीन रूपैयाँ २७ पैसा प्रतिगोटा कायम गरी धमाधम आयात हुन थालेपछि भन्सार सेटिङको सञ्जाल सार्वजनिक भएको हो ।
चालू आर्थिक वर्षको माघ महिनायता पनि यही भन्सार दरबन्दीलाई पक्रिएर विराटनगर भन्सार र वीरगञ्ज भन्सार प्रयोग गरी उद्योगी तथा व्यवसायीहरूले धमाधम स्यानिटरी प्याडको आयात गर्नेगरेको रहस्य बाहिरिएको हो ।
नेपालमा भारत र चीनबाट तयार गरिएका स्यानिटरी प्याड भित्रिने गरेको व्यवसायीको भनाइ रहेको छ । तयारी सामग्रीलाई नै आयात गर्दा बढी फाइदा हुने भएपछि उद्योगी तथा व्यवसायीले उत्पादनभन्दा पनि आयातलाई नै प्राथमिकता दिएर आयात गरिरहेको स्रोतको दाबी छ ।
ठूलो परिमाणमा स्यानिटरी प्याड आयात गर्दै आएका जस्मीन हाइजीन, युनाइटेड डिष्टिुब्युटर्स, नेपाल ओभरसीज मार्केटिङ कम्पनी प्राली, एनीटाइम हाइजीन प्रालि, सोफटी हाइजीन प्रालि, एलिसा ट्रेड इन्टरनेशनल, एमएस वर्ल्ड प्रालि, र भाटभटेनी सुपर मार्केटले मात्र स्यानिटरी प्याड आयात गर्दा चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारलाई करोडौंको राजस्व नोक्सानी पु-याएको दाबी स्रोतले गरेको छ ।
नेपाल ओभरसिज मार्केटिङ कम्पनीले मेमीपोको प्याक ब्रान्ड नाममा डाइपर आयात गर्दै आएका छ भने एलेक्स ट्रेडलिंक नेसनलले हगिज, युनाइटेड डिस्ट्रिब्युटर नेपालले विस्पर र पेम्पर्स, जस्मिन हाइजिन प्रालिले सेफ्टी र सन्वी ट्रेडर्सले हिमालय ब्रान्डका डाइपर बिक्री गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया