भेनेजुएलामा कोभिड–१९ विरुद्ध व्यापक खोप अभियान सुरु
काराकास । भेनेजुएलाका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ विरुद्ध राजधानी काराकासमा व्यापक खोप अभियान सुरु गरेका बताएका छन् । भेनेजुएलाले यस अभियानमा क्युबामा निर्माण गरिएको अब्दला खोप प्रयोग गरेको छ ।
क्युबाली खोप उत्पादक बायोक्युबाफर्माका स्थानीय प्रतिनिधि पेड्रो अल्मेन्डेर्सले यस खोप अभियानमा प्रयोग भएको क्युबाली खोप पहिलो डोज लगाइने बताउँदै यसको प्रभावकारिता निकै उत्कृष्ट रहेको दाबी गरे । हालैमात्र क्युबाले भेनेजुएलाको स्वास्थ्य मन्त्रालयसँग एक करोड २० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको थियो । यो खोप आगामी चार महिनाभित्र भेनेजुएलालाई उपलब्ध गराइने क्युबाली अधिकारीहरुले बताएका छन् ।
दुई देशबीच भएको यो सम्झौताबाट करिब ४० लाख भेनेजुएलाका नागरिकलाई खोप दिन पुग्नेछ । क्युबामा निर्मित अब्दला खोप तीन डोज लगाउनु पर्दछ । पहिलो चरणमा ३० लाख डोज खोप भेनेजुएला आइपुगेको र यसबाट १९ देखि ८० वर्षका १० लाख व्यक्तिलाई खोप दिन सकिने बायोक्युबाफर्माका अल्मेन्डेर्सले बताए । क्लिनिकल परीक्षणमा अब्दला खोपले नयाँ भेरिएन्ट समेतमा काम गर्ने बताउँदै अल्मेन्डेर्सले भने, ‘यो खोप ९२ प्रतिशत प्रभावकारी रहेको छ ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया