Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलायन्सका डिस्ट्रिक्ट गभर्नर आचार्यद्वारा पदभार ग्रहण

लायन्सका डिस्ट्रिक्ट गभर्नर आचार्यद्वारा पदभार ग्रहण


काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी १ को लायन वर्ष २०२१–२२ का लागि निर्वाचित डिस्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यले पदभार ग्रहण गरेका छन् । लायन्स डिष्ट्रिक्ट सचिवालय काठमाडौंमा बिहीबार आयोजित एक समारोहमा गभर्नर आचार्यले पदभार ग्रहण गरेका हुन् ।

लायन वर्ष २०२०–२१ का गभर्नर लायन मान बहादुर रोक्काले वर्ष २०२१–२२ का लागि निर्वाचित डिस्ट्रिक्ट गभर्नर आचार्यलाई पदीय दायित्व हस्तान्तरण गरेका हुन् । समारोहमा लायन वर्ष २०२१–२२ का लागि निर्वाचित प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेल, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर लायन मणीश्री रत्न बज्राचार्य, क्याबिनेट सेक्रेटरी लायन दुर्गा प्रसाद हुमागाईं र क्याबिनेट ट्रेजरर लायन पृथ्वीराज शर्मा तिमिल्सिनाले आ–आफ्नो पदीय दायित्व ग्रहण गरेका थिए । हरेक वर्ष जुलाई १ तारिखबाट लायन्स क्लबको नयाँ कार्यकाल सुरु हुने परम्परा रहेको छ ।

त्यहीअनुसार बिहीबारबाट आफ्नो कार्यकाल सम्हालेका डिस्ट्रिक्ट गभर्नर आचार्यले पहिलो दिन नै ७५ वटा नयाँ क्लब चार्टर गरी विश्वकै उत्कृष्ट गभर्नरको रुपमा इतिहास रचेका छन् । त्यसैगरी एलसीआईएफमा १८ जनाले १८ हजार डलर योगदान र डिस्ट्रिक्ट गभर्नरको यस वर्षको मुख्य कार्यक्रम लायन्स मोडेल भिलेजका लागि स्थापित लायन्स वेलफेयर बैंकमा ५१ लाखभन्दा बढी रकम पहिलो दिनमै संकलन गर्न सफल भएको बताइएको छ ।

लायन्स क्लबले विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको छ । दिगो विकासलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रका १४ वटा पिछडिएका गाउँहरु छनोट गरी त्यो गाउँलाई मोडेल भिलेजका रुपमा स्थापित गर्ने गरी आफ्नो कार्ययोजना तयार पारेको डिस्ट्रिक्ट गभर्नर लायन आचार्यले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया