दिल्लीमा करिब दुई हजार बालबालिका अभिभावकविहीन
भारत ।
दिल्लीमा गत वर्ष मार्चपछि कोभिड–१९ महामारीबाट दुई हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार जानकारी गराएको छ ।
सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक कोभिडका कारण गुमेको देखिएको छ । यीमध्ये ६७ बालबालिकाले आफ्ना दुबै अविभावक गुमाएका छन् । त्यसैगरी छ सय ५१ बालबालिकाले आफ्नी आमालाई गुमाएका छन् भने एक हजार तीन सय ११ बालबालिकाले बुवा गुमाएका छन् ।
यी बच्चाहरूको विवरण कोभिडको कारण आफ्ना आमाबुवा गुमाएका बच्चाहरूको लागि दिल्ली सरकारले अधिसूचित गरेको योजनामा योग्य हितग्राहीको नामांकन सुनिश्चित गर्न महिला र बाल विकास विभागमा उपलब्ध भएको उल्लेख गरिएको छ ।
सहयोगका लागि २४ घण्टा खुला रहने फोनमार्फत् सहयोगको आवश्यकता रहेका नागरिकहरूले कुनै पनि केस रिपोर्ट गर्न वा बाल अधिकारसम्बन्धी कुनै जानकारी लिन सक्ने आयोगले बताएको छ ।
एक आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘आयोगले यस सहयोग कक्षलाई दिल्ली सरकारको स्वास्थ्य विभागद्वारा प्रदान गरिएको तथ्यांकको प्रयोग गरेर कोभिड–१९को कारणले आफ्ना अभिभावक गुमाएका बच्चाहरूको स्वास्थ्य सर्वेक्षण र पहिचान गर्ने गरेको छ ।’
अप्रिलमा स्थापना गरेको हेल्पलाइनले अहिलेसम्म चार हजार पाँच सयभन्दा बढी गुनासा संकलन गरेको उल्लेख छ । ‘यीमध्ये दुई हजार २०० ‘एसओएस’ वर्गका गुनासा रहेका छन् । यी एसओएस गुनासोहरुमा खाद्यान्न, चिकित्सा, आपत्कालीन अवस्था, परित्याग गरिएका बच्चाहरूका मुद्दा, कोभिड–१९परीक्षण सम्बन्धित आवश्यकताहरू जस्ता जरुरी सेवाको तत्काल आवश्यकता पर्ने बच्चाहरू र परिवारहरू छन् ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया