अमेरिकाबाट पाकिस्तानले पायो २५ लाख खोप
इस्लामावाद । अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको २५ लाख खोप पाकिस्तान आइपुगेको छ । एजेन्सीहरुका अनुसार अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो । यो खोपले पाकिस्तानमा फैलिएको कोरोनाभाइरसको महामारी न्युनिकरणमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ ।
महामारीले अप्ठ्यारोमा परेका बेला अमेरिकाले खोप उपलब्ध गराएपछि पाकिस्तानलाई ठूलो राहत भएको छ । पाकिस्तानको संघीय राजधानी इस्लामावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको खोप पाकिस्तानस्थित अमेरिकी राजदूत एंगेला पि एग्गेलेरले पाकिस्तानलाई हस्तान्तरण गरेको बताइएको छ ।
अमेरिकाले विश्वभर वितरण गर्ने गरी छुट्याएको आठ करोड खोपमध्ये अहिले २५ लाख खोप पाकिस्तानलाई उपलब्ध गराएको हो । पाकिस्तानमा अहिलेसम्म चीनले तीन प्रकारका खोप उपलब्ध गराएको छ । चीनले पाकिस्तानलाई सिनोफार्म, क्यानसिनोबायो र सिनोभ्याक खोप उपलब्ध गराएको हो । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पाकिस्तानमा अहिले कुल जनसंख्याको पाँच प्रतिशत मानिसले मात्रै खोप लगाउन पाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया