स्वेज नहरमा अड्किएको पानीजहाज छोड्न इजिप्टसँग सम्झौता
इजिप्ट ।
स्वेज नहरमा गत मार्चमा आवागमन नै ठप्प पारेको भीमकाय कार्गो पानीजहाज छोड्न इजिप्ट सहमत भएको छ । पानीजहाजका मालिक र इन्स्योरेन्सकर्तासँग क्षतिपूर्ति सम्झौता भएसँगै इजिप्टले जहाज छोडाउन स्वीकृति दिएको बीबीसीले जनाएको छ ।
मार्चमा एभर ग्रिन नामको कार्गो बोकेको जहाज किनारामा छोएपछि त्यतिकै अड्किएको थियो । हप्ता दिनभन्दा बढी कार्गो रुट नै ठप्प हुँदा विश्व आपूर्ति प्रणालीमै समस्या आउने अवस्था सिर्जना भएको थियो । बुधबार ग्रेट बिटर लेक छोड्न इजिप्टले एभर ग्रिनलाई अनुमति दिएको बताइएको छ । लेक उक्त नहरको मध्यविन्दु हो ।
कस्तो सम्झौता भयो भन्नेचाहिँ अहिले नै खुलाइएको छैन । तर इजिप्टले ५५ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने माग गरेको थियो । चार सय मिटर लामो एभर ग्रिन तीव्र हावाहुरीसहितको प्रतिकूल मौसमका कारण छेउमा फस्नपुगेको थियो । सो क्रममा एक जनाको मृत्यु समेत भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया