स्टेलान्टिसले विद्युतीय कारमा ३० अर्ब युरो लगानी गर्ने
लन्डन ।
भक्सहलको मातृकम्पनपी स्टेलान्टिसले ३० अर्ब युरोभन्दा धेरै रकम विद्युतीय सवारीसाधनमा लगानी गर्ने भएको छ । बीबीसीका अनुसार यही वर्षको अन्त्यसम्ममा उक्त लगानी भइसक्नेछ । कम्पनीले सन् २०२६ सम्ममा पेट्रोल कारको जस्तै विद्युतीय कारको मूल्य पनि बढी नपर्ने गरी लगानी गर्न लागेको जनाएको छ । त्यस्तै स्टेलान्टिसले युरोप र अमेरिकामा आफ्नो रणनैतिक योजना पूरा गर्न कम्तीमा पाँचवटा ब्याट्री प्लान्टहरु स्थापना गर्ने जनाएको छ ।
कम्पनीले फ्रान्स र जर्मनीमा यसअघि नै दुईवटा ब्याट्री प्लान्ट स्थापना गर्ने घोषणा गरिसकेको छ । तेस्रो प्लान्ट भने इटालीको टर्मोलीमा स्थापना गर्ने जनाइसकेको छ । स्टेलान्टिस विश्वको चौथो ठूलो कार उत्पादक हो । गत जनवरीमा इटालेली र अमेरिकी कम्पनी फियाट क्राइस्लर र फ्रान्सको पीएसएबीच मर्जर भएर जनवरीमा स्टेलान्टिस बनेको थियो । यो कम्पनीले अहिले विद्युतीय कार निर्माता टेस्लासँग प्रतिस्पर्धा गर्न खोजिरहेको छ ।
स्टेलान्टिसले पुज्योट, जीप, ¥याम, फियाट र ओपेललगायत आफ्ना सबै १४ सवारीसाधन ब्रान्डमा पूर्ण विद्युतीय कारको बिक्री थाल्ने जनाएको छ । योसँगै उसले विद्युतीय सवारीसाधनको मूल्य सुपथ र दिगो हुने गरी ध्यान केन्द्रित गरेको जनाएको छ । तर प्यासेन्जर कारको मूल्य कतिसम्म कायम हुने भन्नेबारे चाहिँ उसले खुलाइसकेको छैन । कम्पनीले कमर्सियल सवारीसाधन पनि विद्युतीय बनाउने जनाएको छ । सँगसँगै यही वर्ष अन्त्यसम्म हाइड्रोजन फ्युलसेल भएका सवारीसाधन पनि बजारमा ल्याउने जनाएको छ ।
स्टेलान्टिसका प्रमुख कार्यकारी कार्लोस टाभारेसले अहिलेको समय रुपान्तरणको समय भएको बताए । सोही कारण कम्पनीले विद्युतीय यात्रामा पूर्णगतिमा सुरु गरेको उनको भनाइ छ । कम्पनीका अनुसार विद्युतीय कारहरु चारवटा प्लेटफर्ममा बन्नेछन् । ती कारको ड्राइभिङ रेन्ज एकपटकको चार्जमा पाँच सयदेखि आठ सय किमिसम्म रहनेछ । यसको फास्ट चार्जिङ क्षमता प्रतिमिनेट ३२ किमिको रहेको कम्पनीले जनाएको छ ।
यही हप्तामात्रै कम्पनीले बेलायतस्थित चेसाइरमा एलेसमिअर पोर्ट प्लान्टमा विद्युतीय भ्यान बनाउने घोषणा गरेको थियो । त्यसमा कम्पनीले १० करोड पाउन्ड स्टर्लिङ लगानी गर्ने र बेलायत सरकारले तीन करोड पाउन्ड योगदान गर्नेछ । कारखानामा एक हजार रोजगारी समेत सिर्जना हुने बताइएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया