नेपालमा कोरोनाको डेल्टासहित तीन भेरिएन्टको त्रास
तीन हजार ८ सय ९९ सङ्क्रमित
काठमाडौं । नेपालमा एकपछि अर्को गर्दै कोरोनाको त्रास बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको डेल्टा भेरिएन्टसहित थप तीन भेरिएन्टको चुनौती थपिएको जनाएको छ । साथै मन्त्रालयले कोरोनाको सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सङ्कलन गरेको ४७ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको नयाँ दिल्लीस्थित प्रयोगशालामा परीक्षण गर्दा तिनमा डेल्टा भेरिएन्ट पुष्टि भएको तथा अल्फा भेरिएन्ट, डेल्टा भेरिएन्ट र कप्पा भेरिएन्टका उत्परिवर्तन फेला परेको जानकारी दिँदै मन्त्रालयले सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न र सम्भावित तेस्रो लहरको तयारीमा जुट्न स्वास्थ्य सेवा प्रदायक निकाय र स्वास्थ्यकर्मीहरूमा अनुरोध गरेको छ ।
मंगलबार थप तीन हजार ८ सय ९९ मा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार जारी गरेको तथ्याङ्कअनुसार १७ हजार ५१८ मा परीक्षण गर्दा तीन हजार ८९९ मा सङ्क्रमण पुष्टि भएको हो । यो सङ्ख्या सोमबारभन्दा ४७८ ले बढी हो ।
सङ्क्रमितसँगै मुलुकभर सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार ८१७ पुगेको छ । सङ्क्रमण दर १९.२ प्रतिशत छ । यसैगरी काठमाडौँ उपत्यकामा मंगलबार मात्र ७७४ जना सङ्क्रमित पुष्टि भएका छन् । काठमाडौँ ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना सङ्क्रमित् पुष्टि भएका छन् ।
सङ्क्रमणबाट स्वास्थ्यलाभ गरेर मंगलबार एक हजार ७७८ फर्किएका छन् । योसँगै स्वास्थ्यलाभ लिनेको सङ्ख्या छ लाख ४७ हजार ७९ पुगेको छ । निको हुने ९४.४ प्रतिशत रहेको छ । यसैगरी सङ्क्रमणबाट मंगलबार २२ जनाको निधन भएको छ । योसँगै निधन हुनेको सङ्ख्या नौ हजार ७५८ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला ११ पुगेका छन् ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की र रुपन्देही छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् । यसैगरी सङ्क्रमितमध्ये ६११ जना सघन उपचार कक्ष (आइसियु) र १७१ जना भेन्टिलेटरमा छन् । होम आइसोलेशनमा २५ हजार ९३८ जना र संस्थागत आइसोलेशनमा दुई हजार ८९८ जना छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया