काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले साउन २५ देखि लागू हुने गरी शर्मालाई कायममुकायम प्रधानसेनापति जिम्मेवारी दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले रथी शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।
रथी शर्मा हाल बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारीमा छन् । सन् १९६४ जनवरी ५ मा काठमाडौँमा जन्मिएका शर्मा आगामी भदौ २५ गतेदेखि सेनाको ४४औं प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै छन् । भारतबाट डिफेन्स कोर्स गरेका रथी शर्मा त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर हुन् । संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोस्थित नेपाली शान्ति मिसनको नेतृत्व अनुभव सम्हालेका रथी शर्माको सैनिक सङ्गठनमा बौद्धिक र भद्र व्यक्तिका रुपमा परिचय स्थापित छ ।
नेपाली सेनामा प्रधानसेनापति अवकाशको एक महिनाअघिबाटै बिदा बस्ने परम्परा छ । उक्त परम्पराअनुसार प्रधानसेनापति थापा साउन २५ गतेदेखि बिदामा बस्नेछन् । प्रधानसेनापति थापाको सैनिक मुख्यालय जङ्गी अड्डाले औपचारिक विदाइ भने भदौ २५ गर्नेछ । नेतृत्व सहज हस्तान्तरण गर्ने क्रममा प्रधानसेनापति थापाले जेठ २३ बाटै उक्त प्रक्रिया सुरु गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगन
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया