एनएमबी बैंकको फिक्स्ड ब्याजदर भएको २४ घण्टाभित्रै स्वीकृत हुने ‘अटोलोन’
काठमाडौं । एनएमबी बैंक लिमिटेडले अटो लोन आठ दशमलव ४९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ ।
बैंकले निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुनेगरी पाँच वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारेको हो । विद्युतीय गाडीको हकमा भने एनएमबी बैंकले बेसरेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढ्ने सपना पूरा गर्न समान ब्याजदरले झन् सघाउ पु-याउने विश्वास लिइएको छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । थप जानकारीको लागि कल एट एनएमबी डटकम डट एनपीमा इमेल वा ०१–५९७१५० मा फोन गर्न सकिने बैंकले जनाएको छ । बैंकले हाल देशभरि एक सय ८१ शाखा, एक सय ३७ एटीएमहरू, नौ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बैंकिङ प्रणालीमा २४ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक
- बीमा कम्पनीहरूबाट एक खर्ब ४० अर्ब बीमाशुल्क सङ्कलन
- वैदेशिक रोजगारीका लागि एक महिनामा ७० हजार युवालाई श्रम स्वीकृति
- व्यवसायीहरूमा कर आतङ्क
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
- ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया