अमेरिका । प्रविधि क्षेत्रका कम्पनीहरुको महामारी कालमा बढ्नथालेको नाफाले निरन्तरता पाएको छ । चर्चित कम्पनीहरुको नाफा महामारीयता पनि उत्तिकै हिसाबले बढिरहेको बीबीसीले जनाएको छ । यसअनुसार एप्पलको नाफा तीन महिनामै दोब्बर हुने क्रममा २१ अर्ब ७० करोड डलर पुगेको छ ।
जुन ३० सम्मको त्रैमासिक अवधिमा ग्राहकले फाइभजी आईफोन रुचाएको कारण नाफा बढेको हो । त्यस्तै माइक्रोसफ्टको नाफा पनि सोही अवधिमा १६ अर्ब ५० करोड डलर पुगेको छ । वर्षगत तुलनामा यो ४७ प्रतिशतको वृद्धि हो । यसका क्लाउड सर्भिस र गेमहरुको माग बढेका कारण कम्पनीले नाफा बढाउन सफल भएको हो ।
विश्लेषकहरुले यो तथ्यांकले प्रविधि कम्पनीहरुमाथि कडाइ गर्नुपर्ने आवाज उठ्नसक्ने चेतावनी दिएका छन् । गुगलको मातृकम्पनी अल्फाबेटले पनि मंगलबार त्रैमासिक बिक्री र नाफा दुवै उच्च दरमा बढेको विवरण सार्वजनिक गरेको छ । यसअघि निकै तल पुगेको कम्पनीको बिक्री र नाफा विज्ञापनमा भएको खर्चबाट प्राप्त भएको बताइएको छ । होम शपिङ अनलाइन कम्पनीहरुले कोरोना रोक्न लागू भएका प्रतिबन्धका कारण विज्ञापनमार्फत ग्राहकसँग जोडिन यस्तो खर्च गरेका हुन् ।
गुगलको भिडियो प्लेटफर्म युट्युबको राजस्व नै बढेर तीन महिनामै सात अर्ब डलर पुगेको छ । वर्षअघि यस्तो आम्दानी तीन अर्ब ८१ करोड डलर मात्रै थियो । गुगल प्रमुख सुन्दर पिचाईले संसारका धेरै स्थानमा अनलाइन गतिविधि बढेको बताए । गुगलका प्रमुख वित्तीय अधिकृत रथ पोराटले पनि ६१ अर्ब ९० करोड राजस्व प्राप्त हुनुले कन्जुमर अनलाइन एक्टिभिटी उच्च भएको देखिने बताए ।
एप्पलको कीर्तिमानी बिक्रीमा आईफोन बिक्रीदरका साथै यसका टीभी र म्युजिक स्ट्रिमिङ सेवावको डिजिटल सब्सक्रिप्सनले मद्दत गरेको देखिएको छ । एप्पलले एप्पल वाच, आईफोन १२ मोडलको धेरै बिक्री भएको जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया