सुबास बस्नेत
दोलखा, माघ १०
कालिञ्चोक गाउँपालिकाको कुरी बजारमा दुई दिने स्की खेल महोत्सव हुने भएको छ । धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा प्रसिद्ध दोलखाको कालिञ्चोक क्षेत्रमा प्रथम कुरी स्की स्नोबोर्ड च्याम्पियनशिप खेल महोत्सव हुने भएको हो । पछिल्लो समय युवाहरुलाई स्की खेलप्रति आकर्षित गर्दै दोलखालाई साहसिक खेलको केन्द्र बनाउने उद्देश्यका साथ स्नो बोर्ड प्रतिष्ठानको आयोजनामा कालिञ्चोक गाउँपालिका १ को कुरी क्षेत्रमा स्की खेल महोत्सव गर्न लागिएको बताइएको छ ।
प्रतिष्ठानले साहसिक खेलको विकास तथा पर्यटन प्रवर्द्धनका लागि विगत चार वर्षदेखि स्की तथा स्नोबोर्डक विभिन्न कार्यक्रम गर्दै आएको छ । स्की खेलप्रति रुचि राख्ने स्वदेशी तथा विदेशीहरुलाई लक्षित गरी शनिबार प्रतियोगिता गरिने प्रतिष्ठानका अध्यक्ष उत्सव पाठकले जानकारी दिए । उनका अनुसार बिहीबार र शुक्रबार आधारभूत स्की तालिम सञ्चालन गरिएको छ ।
सदरमुकाम चरिकोटबाट १८ किमिको दूरीमा करिब ३ हजार ४ सय ५० मिटर उचाइस्थित कुरी क्षेत्र हुने खेल महोत्सवका लागि छ लाख १८ हजार खर्च हुने इभेण्ट म्यानेजर सौगात थापाले जानकारी दिए । प्रतिष्ठानले यसअघि रोल्वालिङ, हुम्लाको सिमिकोट, डोल्पाको पुथा हिमचुली, सोलुखम्बुको मेरा पीक, मनांङको खाग्ङला ग्लेसीयर, मुस्ताङको मुक्तिनाथ आसपास र कास्कीको अन्नपूर्ण आाधारशिविर क्षेत्रमा स्की तथा स्नो बोर्डिङसम्बन्धी खेल गतिविधि तथा कार्यक्रम सञ्चालन गरिसकेको अध्यक्ष पाठकले जानकारी दिए ।
स्की तथा स्नो बोर्डिङलाई नेपालमा लोकप्रिय खेलको रुपमा विकास गर्दै युवाहरुको बीचमा स्थापित गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सम्मानजनक उपस्थिति कायम गर्न यस प्रकारको महोत्सव तथा तालिमले सहयोग पुग्ने बताइएको छ । विजयी खेलाडीलाई नेपाली स्की एशोसीयसनको सहयोगमा राष्ट्रिय प्रतियोगितामा सहभागी गराईने आयोजकले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया