परिसंघमा उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगारदाता परिषद् गठन
काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगादाता समिति गठन गरेको छ । परिसंघका राष्ट्रिय परिषद् समिति सदस्य गोकुल भण्डारीको अध्यक्षतामा उद्योग समिति गठन भएको हो । समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी रहेका छन् ।
समितिको सहअध्यक्षमा शरदकुमार तिवडेवाला छन् भने सदस्यहरूमा अमिरप्रताप राणा, आयुषी केसी, अमितकुमार बेगानी, अमितकुमार मोर, अमुल श्रेष्ठ, गौरव गोयल, राहुलकुमार अग्रवाल, राजीवकुमार गुप्ता, रोहित लोहिया, सिलसिला आचार्य, सुरजभक्त पौडेल, ताराप्रसाद पौडेल, तेन्जिङ जोपा लामा, वरुणकुमार तोदी र विजय दुगड रहेका छन् । समितिले औद्योगिक वातावरण तयार गर्न सरोकारवालासँग सहकार्य गर्नेछ ।
यस्तै परिसंघका राष्ट्रिय परिषद् सदस्य अनलाज भट्टराईको सभापतित्वमा बैंक तथा वित्तीय संस्था समिति गठन भएको छ । समितिको कोअर्डिनेटिङ उपाध्यक्ष रोहित गुप्ता रहेका छन् । परिषद्का सदस्यहरूमा अमित मोर, अर्पित अग्रवाल, आशिष अग्रवाल, अशोक शेरचन, वर्षा श्रेष्ठ, भेषराज दवाडी, विनोद आत्रेय, गुरु न्यौपाने, मनिष खेमका, निकोलश पाण्डे, सौरभ दुगड, दिवस न्यौपाने, अनिल शर्मा, आनन्द शर्मा वाग्ले र हिमांशु गोल्छा रहेका छन् । समितिले बैंकिङ क्षेत्र र लगानीकर्ताबीच सम्बन्ध विस्तार गर्ने काम गर्नेछ ।
परिसंघका राष्ट्रिय षरिषद् सदस्य अमित बेगानीको अध्यक्षतामा रोजगारदाता परिषद् गठन भएको छ। परिषद्को कोअर्डिनेटिङ उपाध्यक्षमा उपाध्यक्ष राजेशकुमार अग्रवाल रहेका छन् । परिसंघको सदस्यहरूमा अजयराज जोशी, अमित मोर, अर्पित अग्रवाल, मनिष खेमका, राहुल अग्रवाल र रतनलाल केडिया रहेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया