दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाको क्षेत्रपामा शनिबार राखिएको निःशुल्क स्वास्थ्यशिविरमा छ सय जना नागरिकले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । चरीकोट अस्पतालका डाक्टर देवेन्द्र गौतमको सहयोगमा वडाले आयोजना गरेको एकदिने स्वास्थ्यशिविरमा छ सय जनाले सेवा लिएका हुन् ।
शिविरमा चरीकोट अस्पतालमा कार्यरत आधा दर्जन डाक्टरहरुले बिरामीहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको चरीकोट अस्पतालका डाक्टर देवेन्द्र गौतमले जानकारी दिए । शिविरमा बैतेश्वर गाउँपालिका वडा नम्बर ७, ८ र गौरीशंकर गाउँपालिकाका केही वडाका नागरिकहरु उपस्थित थिए । डाक्टर गौतमले स्वास्थ्यशिविर पिछडिएका नागरिकहरुका लागि अत्यन्तै लाभदायक भएको बताए । स्वास्थ्यशिविरमा महिलाहरुको पाठेघरको जाँच, आँखा र दाँतको उपचारलगायतको स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो ।
यस्तै शिविरमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो । शिविरलाई तिलगंगा आँखा अस्पताल, लालिगुराँस अस्पताल, भीमसेन डेन्टल क्लिनिकले पनि सहयोग गरेका थिए । शिविरमा सहभागी हुने बिरामीलाई डाक्टर गौतमले आठ लाखबराबरको औषधि निःशुल्क वितरण गरेको क्षेत्रपका स्थानीय युवा एवं सामाजिक अभियन्ता भरत श्रेष्ठले बताए । शिविरको गाउँपालिका वडा नम्बर ८ ले संयोजन गरेको थियो । शिविर आयोजना गर्न डाक्टर गौतमले उल्लेखनीय सहयोग भन्दै वडाले सम्मान समेत गरेको थियो । शिविरको अध्यक्षता बैतेश्वर गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष रमेश अधिकारीले गरेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया