काठमाडौं । बैंकिङ कसुर ठहर भई सजाय पाएर फरार भएका कृष्ण बहादुर थापा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार थापालाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा वीरगञ्जको पूर्णिमा चोकबाट पक्राउ गरिएको हो ।
उनीविरुद्ध रबिन्द्र थापाले जाहेरी दिएका थिए । बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनले थापालाई २०७७ मंसिर २२ गते एक करोड २५ लाख रुपैयाँ जरिवाना र थापाकै जाहेरीले बैंकिङ कसुरसम्बन्धी मुद्दामै उच्च अदालत पाटनले नै २०७७ मंसिर २२ मा ७५ लाख रुपैयाँ जरिवाना र १३ दिन कैद सजाय तोकेको थियो ।
यसैगरी बादी राजन श्रेष्ठ रहेको चेक अनादर मुद्दामा समेत थापाउपर काठमाडौं जिल्ला अदालतको वि.सं. २०७३ माघ ६ गतेको फैसलाले १७ लाख रुपैयाँ जरिवाना र सोको कानुुनबमोजिमको ब्याज समेत दाखिला गर्नुपर्ने सजाय तोकिएको थियो । सोपश्चात् काठमाडौं जिल्ला अदालतको २०७५ असोज १९ गतेको फैसलाले काठमाडौंको बूढानीलकण्ठ घर भई बाराको जितपुर बस्दै आएका थापालाई एक वर्ष कैद सजाय फैसला भएकोमा हालसम्म फरार हुुँदै आएका थापालाई वीरगञ्जबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।
पक्राउ परेका थापालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सूचना अधिकृत कोइरालाले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया