पाँच प्रतिशतसम्मको सहुलियत ब्याजमा पुनर्कर्जा
काठमाडौँ । ग्राहकहरुले तीनदेखि पाँच प्रतिशतसम्मको सहुलियत ब्याजमा पुनर्कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार पुनर्कर्जा कार्यविधि २०७७ को तेस्रो संशोधन प्रस्तुत गर्दै कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि ग्राहकरुले यस्तो सुविधा पाउने भएका हुुन् ।
यसअन्तर्गत ग्राहकहरुले न्यूनतम तीनदेखि पाँच प्रतिशत ब्याजसम्मा प्रतिग्राहक १५ लाख रुपैयाँसम्मको लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, पाँच करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा प्राप्त गर्न सक्नेछन् । यस्तो कर्जा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुुष्ठरुपमा प्रदान गरिने संशोधित कार्यविधिमा उल्लेख छ ।
संशोधित कार्यविधिअनुसार लघुु घरेलुु तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत सम्बन्धित बैंक तथा फाइनान्स कम्पनीहरुले ग्राहकबाट पाँच प्रतिशतसम्म ब्याज लिन सक्नेछन् भने यस्तो कर्जाको लागि राष्ट्र बैंकले लिने ब्याजदर भने दुई प्रतिशत छ । विशेष पुनर्कर्जाअन्तर्गत बैंक तथा फाइनान्स कम्पनीहरुले ग्राहकसँग तीन प्रतिशतसम्म ब्याज लिनसक्ने र यस्तो कर्जाको लागि राष्ट्र बैंकले लिने ब्याज एक प्रतिशत कायम गरिएको छ ।
साधारण पुनर्कर्जा शीर्षकमा बैंक तथा फाइनान्स कम्पनीहरुले ग्राहकसँग लिनसक्ने ब्याज भने पाँच प्रतिशत तोकिएको छ । यस्तो पुनर्कर्जाको लागि राष्ट्र बैंकले लिने ब्याज तीन प्रतिशत कायम गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया