सबै क्रिप्टो मुद्रा कारोबार अवैध भएको चीनको घोषणा
बेइजिङ । चीनको केन्द्रीय बैंकले सबै भर्चुअल मुद्रामा आधारित कारोबारलाई अवैध घोषणा गरेको छ । योसँगै बिटक्वाइन जस्ता भर्चुअल मुद्रामा आधारित कारोबार चीनमा पूर्ण बन्द भएको छ । ‘भर्चुअल मुद्रामा आधारित व्यावसायिक क्रियाकलापलाई अवैध वित्तीय गतिविधि भएका छन्’, द पिपल्स बैंक अफ चाइनाले चेतावनी दिँदै भनेको छ, ‘यसले जनताको सम्पत्तिको सुरक्षामा गम्भीर जोखिम पु¥याउँछ ।’
चीन विश्वकै ठूलो क्रिप्टोकरेन्सी बजार हो । चीनको यस्तो घोषणाले पुनः क्रिप्टो मुद्राहरुको अवमूल्यन गराउनसक्नेछ । चिनियाँ घोषणाले बिटक्वाइनको मूल्यमा दुई हजार डलरभन्दा बढी अवमूल्यन भएको बताइएको छ । त्यसो त सन् २०१९ देखि नै बिटक्वाइन ट्रेडिङ बन्द थियो । तर विदेशी विनिमयअनुसार अनलाइन कारोबार भइरहेको थियो । जे भए पनि यो घोषणाले महत्वपूर्ण प्रभाव पर्ने निश्चित छ ।
गत मे महिनामा चिनियाँ सरकारी संस्थाहरुले अनलाइनबाट बिटक्वाइन र अन्य मुद्रा कारोबार गर्दा क्रेताहरुलाई कुनै संरक्षण वा सुरक्षा प्राप्त नहुने बताएका थिए । जुन महिनामा चीनले बैंक र भुक्तानी सेवा प्रदायकलाई यससम्बन्धी कारोबार नगर्न भन्यो भने यी मुद्राको माइनिङमाथि पनि प्रतिबन्ध लगायो । त्यसका लागि शक्तिशाली कम्प्युटरहरु नयाँ क्वाइन बनाउनबाट रोक्न व्यापारमाथि रोक लगायो । तर शुक्रबारको घोषणासँगै चीनले सबै किसिमको भर्चुअल मुद्रा कारोबार रोक्ने बलियो संकेत मिलेको छ । यति हुँदाहुँदै कारोबार गर्ने कारोबारीलाई अपराध मुद्दा लाग्ने चीनको चेतावनी छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया