पाँच महिनामा ४२ अर्ब ६७ करोडको सेयर सूचीकरण
काठमाडौं, माघ १५
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा चालू आर्थिक वर्षको पाँच महिनामा ४२ अर्ब ६७ करोड रुपैयाँबराबरको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पछिल्लो पाँच महिनाको प्रतिवेदनअनुसार यस अवधिमा १० अर्ब ९४ करोडबराबरको डिबेन्चर, १० अर्ब ५२ करोडबराबरको साधारण सेयर, १० अर्ब ३४ करोडबराबरको बोनस सेयर, चार अर्ब ८९ करोडबराबरको म्युचअल फण्ड, एक अर्ब ५६ करोडबराबरको हकप्रद सेयर, र चार अर्ब ४२ करोडबराबरको अन्य गरी समेत गरी कुल ४२ अर्ब ६७ करोडबराबरको थप धितोपत्र सूचीकृत भएको हो ।
प्रतिवेदनअनुसार २०७५ मंसिर मसान्तमा ११ सय ४८ दशमलव आठ विन्दुुमा रहेको नेप्से सूचकांक २०७६ मंसिर मसान्तमा ११ सय ५४ दशमलव एक विन्दुमा कायम भएको छ । २०७६ असार मसान्तमा यस्तो सूचकांक १२ सय ५९ अंकमा कायम रहेको थियो । धितोपत्र बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा सात प्रतिशतले वृद्धि भई २०७६ मंसिर मसान्तमा १४ खर्ब ६६ अर्ब पाँच करोड कायम भएको छ । २०७६ असार मसान्तमा बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ मंसिर मसान्तमा दुुई सय १२ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये एक सय ४९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र चारवटा अन्य समूहका रहेका छन् । राष्ट्र बैंकका अनुुसार २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुुई सय १५ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ७९ दशमलव एक प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीकोे हिस्सा छ दशमलव चार प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा तीन दशमलव छ प्रतिशत, होटलको हिस्सा एक दशमलव छ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव दुुई प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा नौ दशमलव एक प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७६ मंसिर मसान्तसम्ममा सूचीकृत चार अर्ब ४९ करोड सेयर संख्याको चुक्ता मूल्य चार खर्ब ३९ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । चालू आवको पाँच महिनामा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ५० करोडबराबरको डिबेन्चर, एक अर्ब ७० करोडबराबरको हकप्रद सेयर, एक अर्बको म्युचुअल फण्ड र ३३ करोडको साधारण सेयर गरी १४ अर्ब ५४ करोडबराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया