विश्व न्यूनतम कर प्रावधानको निष्कर्षनजिक भारत
नयाँ दिल्ली । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले विश्व न्यूनतम करका प्रावधानको निष्कर्षनजिक पुगेको बताएकी छिन् । जी २० राष्ट्रहरुमा भएको यससम्बन्धी विभिन्न प्रावधानलाई लिएर गरेको तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
गत जुलाईमा कुल एक सय ३० देशले विश्व न्यूनतम कर निर्धारणको लागि सहमति जनाएका थिए । खासगरी बहुराष्ट्रिय कम्पनीलाई जुनै देशमा व्यवसाय गरे पनि १५ प्रतिशत न्यूनतम कर भुक्तानी गराउने उद्देश्यले यसको प्रस्ताव गरिएको थियो ।
भारतीय वित्त मन्त्रालयले यसका केही प्रावधान टुंग्याउन बाँकी छ । लाभ र हिस्सासम्बन्धी यी मुद्दा हल हुनेबित्तिकै प्रस्तावको निष्कर्षमा भारत पुग्नेछ । त्यसपछि यही अक्टोबरसम्म आमसहमतिपछि सम्झौता हुनसक्नेछ ।
प्रस्तावित व्यवस्था दुई मुख्य मुद्दाबारे छ । एउटा बजारको अधिकार क्षेत्रमा लाभबाहेक अन्य हिस्सा पुनः वितरण र अर्को न्यूनतम कर रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया