कुमारी बैंकको २१औँ वार्षिक साधारणसभा
काठमाडौँ । कुमारी बैंक लिमिटेडले २१औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराको अध्यक्षतामा नक्सालस्थित नक्साल कार्यालय, काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७७/०७८को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तनलगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । सभाले सेयरधनीहरूलाई आव २०७७/०७८ को लागि छ प्रतिशत बोनस सेयर तथा बोनस सेयरबापत लाग्ने कर प्रयोजनाको लागि समेत गरी दुई दशमलव ६७ प्रतिशतबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस सेयर जारीपश्चात् बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार तीन सय २६ रुपैयाँ पुग्नेछ ।
आर्थिक वर्ष २०७७/७८ को आसार मसान्तसम्म बैंकले कुल निक्षेप एक खर्ब ५७ अर्ब १७ करोड परिचालन तथा कुल कर्जा रकम एक खर्ब ४३ अर्ब ७७ करोड प्रवाह गरी सञ्चालन मुनाफा तीन अर्ब १९ करोड तथा एक अर्ब ९७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौँ उपत्यकाभित्र र बाहिर गरी एक सय ९६ वटा शाखा सञ्जाल, एक सय ७५ एटीएम, १४ एक्स्टेन्सन काउन्टरका साथै ३३ वटा शाखारहित बैंकिङ एकाइमार्फत देशभरि आफ्ना सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बीमा कम्पनीहरूबाट एक खर्ब ४० अर्ब बीमाशुल्क सङ्कलन
- वैदेशिक रोजगारीका लागि एक महिनामा ७० हजार युवालाई श्रम स्वीकृति
- व्यवसायीहरूमा कर आतङ्क
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
- ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया