अमेरिकी सेयरबजारबाट बाहिरिँदै चिनियाँ एप दिदी
बेइजिङ । चिनियाँ सवारीसेवासम्बन्धी अनलाइन एप कम्पनी दिदीले अमेरिकी सेयरबजार छोड्ने योजना बनाएको छ । कम्पनीले आफ्नो न्युयोर्क स्टक एक्सचेन्जमा रहेको सेयर झिकेर हङकङको सेयरबजारमा सूचीकृत हुनलागेको बीबीसीले जनाएको छ । कम्पनीले जुलाईमा अमेरिकी सेयरबजारमा प्रवेश गरेलगत्तै दबाब थेग्नुपरेको थियो । त्यसको केही दिनमै बेइजिङले प्रविधि कम्पनीहरुमाथि अन्तर्राष्ट्रिय सूचीकरणमा चिन्ता जनाएर दबाब सिर्जना गरेको थियो ।
गत बिहीबार अमेरिकी बजार अनुगमनकर्ताले अमेरिकामा सूचीकृत हुने चिनियाँ कम्पनीमाथि कडा नियम सार्वजनिक गरेको थियो । ‘कम्पनीले तत्कालै न्युयोर्क स्टक एक्सचेन्जबाट सेयर झिक्न सुरु गर्नेछ र हङकङमा सूचीकृत हुने तयारी सुरु गर्नेछ’, दिदीले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा रहेको आफ्नो एकाउन्टमार्फत भनेको छ । वेइबो चीनमा ट्विटरजस्तै अर्को सामाजिक सञ्जाल कम्पनी हो ।
कम्पनीले अर्को छुट्टै अंग्रेजी भाषामा गरेको पोस्टमा आफ्नो बोर्डबाट यो प्रस्ताव स्वीकारिसकिएको खुलाएको छ । कम्पनीले सेयरसदस्यसँग बैठक राखेर यसबारे मतदान गरी उपयुक्त समयमा कदम चाल्ने जनाएको छ ।
यद्यपि जुनको अन्त्यतिर दिदीले चार अर्ब ४० करोड अमेरिकी डलर न्युयोर्क स्टकमार्फत सेयर निष्काशन गरी जुटाएको थियो । पहिलो दिन यसका सेयर बिकेन । खासगरी लगानीकर्ताहरुले वासिङटन र बेइजिङको तनावपूर्ण सम्बन्धलाई ख्याल गरेका थिए । सँगसँगै अमेरिकी नियामकहरुले चिनियाँ कम्पनीको वित्तीय प्रतिवेदनमा खोट औँल्याइरहेका थिए । त्यसको केही दिनभित्रै चिनियाँ इन्टरनेट नियामकले अनलाइन स्टोरहरुलाई दिदी एप नराख्न आदेश दिएको थियो । यसले प्रयोगकर्ताको व्यक्तिगत विवरण अनधिकृत रुपमा संकलन गरेको उनीहरुको आरोप थियो ।
द साइबर स्पेस अफ एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी)ले कम्पनीमाथि राष्ट्रिय सुरक्षा र जनचाहनामा अनुसन्धान थालेको बताएको थियो । तर त्यसविरुद्ध दिदीले वक्तव्य जारी गरी समस्या देखिएको भए समाधान गर्नेलगायत डेटा सुरक्षामा ढुक्क हुन र सेवा लिन भनेको थियो । चिनियाँ स्टोरहरुबाट त दिदी एप नै हटाइदिनेसम्मको चेतावनी कम्पनीले खेपेको थियो । त्योबाहेक अमेरिका र युरोपमा समेत नियामकहरुबाट कम्पनीले दबाब खेपिरहेको थियो । यतिकैमा बिहीबार भने अमेरिकी धितोपत्र नियामकहरुले कुनै पनि विदेशी कम्पनीका अडिटरले कम्पनीबारे सूचना दिन अस्वीकार गरे सूचीकरणबाट हटाइदिनसक्ने नयाँ नियमलाई अन्तिम रुप दिएका थिए । यो कानुन भने सन् २०२० मै बनेको थियाो । चिनियााँ नियामकहरुले अमेरिकी अधिकारीबाट माग भएकोा चिनियाँ कम्पनीको विवरण दिन आनाकानी गरेपछि यो नियम ल्याइएको हो ।
योसँगै दिदीले बेलायतमा सेवा सुरु गर्नैलाग्दा योजना नै रोकेको कम्पनी स्रोतलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । जापानको सफ्टबैंक दिदीको ठूलो लगानीकर्ता हो । जहाँ उसको २० प्रतिशत सेयर छ । यसबाहेक बैंकले अलिबाबा र टेन्सेन्टमा पनि सहयोग गरेको छ । यसबाहेक अमेरिकी कम्पनी उबेरको पनि सेयर रहेको छ । अमेरिकी बजार प्रवेशयता कम्पनीको सेयरमा ४० प्रतिशतभन्दा धेरैले गिरावट आइसकेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया