सोलार प्यानलको सुरक्षालाई लिएर अमेरिकामा टेस्लाविरुद्ध अनुसन्धान
वासिङटन । अमेरिकी सरकारी अधिकारीहरुले टेस्लाको सोलार प्यानलको सुरक्षालाई लिएर अनुसन्धान थालेका छन् । अमेरिकी धितोपत्र विनिमय आयोग (एसईसी)मा एक उजुरीपछि टेस्लाविरुद्ध अनुसन्धान सुरु भएको बीबीसीले जनाएको छ ।
टेस्लाकै पूर्व ‘फिल्ड क्वालिटी मेनेजर’ स्टिभन हेन्क्सले कम्पनीले सोलार प्यानलको जोखिमबारे सेयरसदस्यहरुलाई र सर्वसाधारणलाई सूचित नगरेको आरोप लगाएका छन् । टेस्लाका सोलार प्रणालीले आगलागी भएको सानो संख्यामा उजुरी पर्दै आएका छन् । तर हेन्क्सले भने यस्तो कमजोरी नभनेको र केही इलेक्ट्रिकल कनेक्टरहरुले आगलागीको समस्या देखाएको उल्लेख गर्दै जानकारी दिनुको साटो ग्राहकलाई प्यानलको मर्मतसम्भार गर्न भनेको दाबी गरेका छन् ।
एसईसीका अनुसार यसबारे अनुसन्धान भइरहेको छ । यद्यपि कानुन उल्लंघन गरेको रुपमा यो अनुसन्धानलाई नलिन पनि एसईसीले जानकारी दिएको छ । हेन्क्सलाई टेस्लाले बर्खास्त गरेको थियो । उनले यसविरुद्ध मुद्दा नै दर्ता गरेका थिए । एसईसीले अनुसन्धान गरिरहेको समाचार आएसँगै टेस्लाको सेयरमा छ प्रतिशत गिरावट आएको थियो तर पछि फेरि सेयर मूल्यमा सुधार आएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया