एक वर्षको अवधिमा १० जनाको मात्रै पाठेघरको मुखको क्यान्सर पहिचान
महेन्द्र शाही
सोलुखुम्बु, माघ २०
सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुले सुरु गरेको पाठेघरको मुखको क्यान्सरको पहिचान गर्न १० जना मात्रै सेवाग्राही आएका छन् । गत पुस २२ गतेबाट अस्पतालले सुरु गरको निःशुल्क सेवाबाट १० जनाले मात्र सेवा लिएका हुन् । हप्ताको २ दिन मगंलबार र बुधबार अस्पतालले सेवा प्रदान गर्दै आएको छ । क्यान्सर पहिचान तथा जाँच सेवालगायतका पहिचान सेवा प्रदान गरिने गरिएको भए पनि सेवाग्राही भने न्यून मात्रामा मात्रै आउने गरेको अस्पतालकी सूचना अधिकारी एवं निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिइन् ।
पाठेघरको जाचँका लागि महिलाहरू टाढा जानुपर्ने भएकाले जिल्लामा नै पाठेघरको मुखको क्यान्सरको जाचँ गर्ने व्यवस्था मिलाएको अस्पतालले जनाएको छ । आर्थिक स्थिति कमजोर भएका महिलाहरूमा रोग पालेर बस्ने अवस्था भएकाले अस्पतालले निःशुल्क सेवा सुचारु गरेको निमित्त प्रमुख शेर्पाको भनाइ छ । हाल अस्पतालमा क्यान्सरको जाँच मात्र गरिने गरिएको उनले बताइन । प्रदेश सरकारले थप उपकरण पठाउने तयारी गरिरहेकाले उपकरण प्राप्त भएपश्चात् उपचार सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ । महिलामा अझै पनि चेतनाको अभाव भएकाले न्यून मात्रामा सेवाग्राही आएको हुनसक्ने शेर्पाको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया