काठमाडौँ । बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस माग्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरण, काठमाडौँ ग्रिड महाशाखा सबस्टेसन पाटन, ललितपुरमा कार्यरत सबस्टेसन प्रमुख (सुपरभाइजर, पाँचौँ तह) सोमप्रसाद पहाडीलाई एक लाख ४० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग उक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उनलाई नियन्त्रण लिएको हो । पहाडीलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिई कारबाहीको लागि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया