गाउँमै प्राविधिक शिक्षा पढाइ हुने भएपछि स्थानीय खुसी
महेन्द्र शाही
सोलुखुम्बु, माघ २३
सोलुखुम्बु जिल्लाको विकट गाउँ लोखिममा नै प्राविधिक शिक्षा पढाइ भएपछि जिल्लावासी बाहिर जानुपर्ने बाध्यता हटेको छ । जिल्लामा नै पहिलो पटक थुलुङ दुधकोशी गाउँपालिका ९ को जनता माध्यमिक विद्यालयले ३ वर्षे डिप्लोमा इन बाली विज्ञान चालू शैक्षिक सत्रबाट सुरु गरेसँगै पढाइका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको हो ।
थुलुङदुधकोशी गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी लोखिममा यस वर्षबाट ३ वर्षे बाली विज्ञान पढाइ सुरु गरेको हो । लोखिममा बाली विज्ञानको पढाइ हुनुभन्दा पहिले प्राविधिक शिक्षाका लागि ओखलढुङ्गाको रुम्जाटार जानुपर्ने बाध्यता रहेको थियो । रुम्जाटार माध्यमिक विद्यालयमा समेत सीमित कोटा हुँदा विद्यार्थीले सोचेअनुसारको शिक्षा हासिल गर्न नसकेकाले जिल्लामा नै पहिलो पटक बाली विज्ञानको पढाइ सुरु गरेको विद्यालयका प्रधानध्यापक हस्तबहादुर राइले बताए । अन्य शिक्षाको तुलनामा प्राविधिक शिक्षा पढेर सकिएलगतै रोजगारी पाउने सम्भावना भएकाले प्राविधिक शिक्षा सुरु गरेको गाउँपालिका अध्यक्ष असिम राईको भनाइ छ ।
सरकारी क्षेत्रमा कृषि मन्त्रालय र मातहतका कार्यालय, गैरसरकारी कार्यलय र नीजि क्षेत्रले सञ्चालन गरेको कृषि तथा ग्रामीण विकाससम्बन्धी कार्यक्रममा सजिलै रोजगारी पाउने जिल्लाको सदरमुका सल्लेरीमा रहेको जनजागृति माध्यमिक विद्यालय सल्लेरीका प्रधानध्यापक मानबहादुर कार्कीले बताए । तीन वर्षे डिप्लोमाका विविध कोर्सहरूलाई त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र सरह मान्यता प्रदान गरेको छ । विकट गाउँमा समेत उच्च प्राविधिक शिक्षा सञ्चालन भएपछि यस क्षेत्रका स्थानीयले विकासको अनुभूति गर्न थालेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया