फर्स्ट माइक्रोफाइनान्सको नाफा १० करोड ४४ लाख
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १० करोड ४४ लाख ३२ हजार छ सय ७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड ५६ लाख १६ हजार पाँच सय ९३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार चार सय रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा नौ अर्ब ८५ करोड २८ लाख ९७ हजार तीन सय १४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा संंस्थाको यस्तो कर्जा आठ अर्ब १५ करोड ९७ लाख ६५ हजार १५ रुपैयाँ रहेको थियो । चालू आवको दोस्रो त्रैमासमा १८ करोड २३ लाख १८ हजार ५७ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ भने स्प्रेड दर तीन दशमलव २९ प्रतिशत रहेको छ ।
यस अवधिमा संस्थाको वितरणयोग्य नाफा भने छ करोड ९६ लाख ८१ हजार ४७ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले १५ करोड १५ लाख १३ हजार पाँच सय ३९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा शून्य प्रतिशत कर्जा खराब रहेको संस्थाको स्प्रेड दर भने दुई दशमलव ५६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ : सांसद वाग्ले
- श्रीमतिको हत्या गरेको आठ दिन पछि शव फेला
- भारतमा किसानका लागि २० हजार करोड रुपैयाँ जारी गरिने
- अस्ट्रेलियासँग मतभेद हटाउन चीनको आग्रह
- नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु
- द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता
- प्रवास ट्राभल एन्ड टुर्सले जित्यो आठ अवार्ड
- ईजी डेन्टलले निःशुल्क शिविर सञ्चालन गर्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया