नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत लाभांश दिने
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको चार सय ६१औँ बैठकले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब ३९ करोड आठ लाख ८९ हजार दुई सय तीन रुपैयाँमध्येबाट १९ प्रतिशतका दरले ६४ करोड ४२ लाख ६८ हजार नौ सय ४० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
यसैगरी प्रस्तावित बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि एक प्रतिशतका दरले तीन करोड ३९ लाख आठ हजार आठ सय ९२ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको जानकारी पनि कम्पनीले दिएको छ । घोषित लाभांश बीमा समितिको स्वीकृति एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाऔँ : सांसद वाग्ले
- श्रीमतिको हत्या गरेको आठ दिन पछि शव फेला
- भारतमा किसानका लागि २० हजार करोड रुपैयाँ जारी गरिने
- अस्ट्रेलियासँग मतभेद हटाउन चीनको आग्रह
- नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु
- द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता
- प्रवास ट्राभल एन्ड टुर्सले जित्यो आठ अवार्ड
- ईजी डेन्टलले निःशुल्क शिविर सञ्चालन गर्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया