दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका ४ का सचिन चौलागाईंले करिब छ लाख रुपैयाँ लगानी गरी गाउँमै गोलभेँडा खेती सुरु गर्न लागेका छन् । गत वर्ष क्याप्सिकम खेती गरेका चौलागाईंले यो वर्ष भने गोलभेँडाखेती सुरु गर्न लागेका हुन् । सर्वमावी जिलुमा कृषिसम्बन्धी बाली विज्ञानमा डिप्लोमा गरेका चौलागाईं पढेको कुरालाई व्यवसायीका बनाउने उद्देश्यसहित कृषिमा लागेको बताउँछन् ।
गत वर्षदेखि कृषिमा लागेका चौलागाईंले क्याप्सिकम खेतीबाट पनि राम्रै आम्दानी गर्न सफल भएको सुनाए । भर्खरै २१ वर्ष लागेका उनले छ लाख लगानी गरेर चार रोपनीमा खेतमा खेती सुरु गर्न थालेका हुन् । गाउँका धेरैजसो युवा विदेश तथा सहरकेन्द्रित भए पनि उनलाई गाउँमै व्यावसायिक कृषिमा लगानी गरेर स्वदेशमै आत्मनिर्भर बन्न मन छ । कृषिमा लगानी गर्ने युवाहरूलाई आर्कषित गर्न राज्यले पनि लगानीमा सहुलियत दिनुपर्ने उनी बताउँछन् ।
उनले गतवर्ष नै टमाटर खेतीकै लागि कृषि ज्ञान केन्द्य्र रामेछाप र भीमेश्वर नगरपालिकाको कृषि शाखामा पटक–पटक अनुदान माग गरेका थिए । तर उनको माग सुनुवाइ नभएपछि आफैँले ऋण खोजेर गोलभेँडा खेतीको लागि चार रोपनी खेतमा २४ वटा टनेल निर्माण गरेको बताए । टमाटर खेतीको तयारी गर्दै गरेका सचिनलाई उनका मामा रमेश चौलागाईंले साथ दिएका छन् । मामा भान्जाले ५०÷५० प्रतिशत लगानी गरेर उनीहरूले आठ हजार उन्नत जातका गोलभेँडाका बिरुवा मगाएका छन् ।
गोलभेँडा खेती छोटो समयमै आम्दानी दिने र राम्रो उत्पादन दिने तथा सधैँ आवश्यक पर्ने हुँदा यसको खेती गर्न लागेको उनले बताए । फागुनमा रोपेको गोलभेँडा वैशाखमा बिक्री गर्न तयार हुने उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया