अफ्रिकामा खोप कारखाना खोल्ने तयारीमा बायोएनटेक
बर्लिन । कोरोनाविरुद्धको अधिकतम स्वीकार्य खोप विकास गरेको जर्मन खोप निर्माता बायोएनटेकले अफ्रिकामाा उत्पादन कारखाना बनाउने योजना सार्वजनिक गरेको छ । कम्पनीले बुधबार उक्त महादेशमा असाध्यै चाहिएको खोप उपलब्धतालाई मध्यनजर गर्दै यस्तो योजना सार्वजनिक गरेको समाचार संस्था एपीले उल्लेख गरेको छ ।
कम्पनीले यसको मोडुलर डिजाइन जर्मनीस्थित मार्बर्गमा आयोजित एक अवसरमा प्रस्तुत गरेको थियो । कम्पनीको एआरएनएमा आधारित खोपहरु बनाउन आवश्यक उपकरणसँगै शिपिङ कन्टेनर रहेको प्रस्तुतीकरणमा देखाइएको थियो । यसले भर र सकाउ भन्ने प्रक्रियाअन्तर्गत मात्राहरु बोटलमा राख्ने अन्तिम कदमबारे उल्लेख थियो । ‘हाम्रो लक्ष्य भनेको एमआरएनए उत्पादन सबै महादेशमा उत्पादन गरौँ भन्ने हो’, बायोएनटेकका प्रमुख कार्यकारी अधिकृत उगुर साहिनले एपीलाई भनेका छन् ।
पछिल्लो समय कम्पनीमाथि आफ्नो खोप पेटेन्ट निलम्बन नगरेको आलोचना बढिरहेको छ । यसले गर्दा प्रतिस्पर्धी कम्पनीलाई धेरै अवसर सिर्जना गरेको बताइएको छ । कम्पनीले भने एमआरएनए खोपको उत्पादन कठिनाइबारे तर्क अघि सार्दै आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया