ब्राजिलमा बाढीका कारण कम्तीमा ३८ जनाको मृत्यु
रियो दि जेनेरियो । ब्राजिलको रमणीय सहर पेट्रोपोलिसमा आएको विनाशकारी बाढीमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बुधबार बताएका छन् ।
रियो दे जेनेरियोको उत्तरमा रहेको डाँडामा पर्ने मनोरम सहरका लागि नगरप्रमुखको कार्यालयले दिएको जानकारीअनुसार मङ्गलबार आएको भीषण आँधीले सहरमा तीन घण्टामा २५८ मिलिमिटर (१० इन्च) पानी परेको थियो । यो अघिल्लो महिनाको सबै वर्षा बराबर हो ।
बाढी तथा डुबानका कारण करिब ८० घर क्षतिग्रस्त भएका र लगभग तीन सय जनालाई प्रायजसो विद्यालयहरूमा आश्रय दिइएको थियो । विशेषज्ञहरूको भनाइअनुसार प्रशान्त महासागरको चक्रीय शीतलन ‘ला नीना’ र जलवायु परिवर्तनको प्रभावले वर्षा ऋतुमा पानीको वर्षा बढाइरहेको छ ।
तातो वायुमण्डलमा बढी पानी हुने भएकोले विश्वव्यापी उष्णताले अत्यधिक वर्षाबाट आउने बाढीको जोखिम र तीव्रता बढाउँछ । यस महिनाको सुरुतिर पनि मुसलधारे वर्षाका कारण बाढी र पहिरो जाँदा दक्षिणपूर्वी ब्राजिलमा कम्तीमा २८ जनाको मृत्यु भएको थियो ।
सन् २०११ को जनवरीमा भारी वर्षाका कारण यस क्षेत्रमा नौ सयभन्दा बढी मानिसहरूको मृत्यु भयो जसले गर्दा पेट्रोपोलिस र छिमेकी सहरहरू नोभा फ्रिबर्गो र टेरेसोपोलिसलगायतका ठूलो क्षेत्रमा बाढी र पहिरो गएको थियो । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया