‘सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै आर्थिक विकासले गति लिनसक्छ’
काठमाडौं, माघ २६
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग व्यावसायिक क्षेत्रको उत्साह बढाएर देशको आर्थिक विकास तथा समृद्धि हासिल हुनसक्ने बताएकी छिन् । राष्ट्रपति निवास शीतलनिवासमा शुक्रबार नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति भण्डारीले सरकार र निजी क्षेत्रको सहकार्यबाट आर्थिक विकासले गति लिनसक्ने बताइन् । निजी क्षेत्रको विकास र समस्या समाधानमा आफ्नो सधैँ सद्भाव रहँदै आएको उनको भनाइ थियो ।
समष्टिगत आर्थिक विकासका एजेण्डा, रोजगारी सृजना तथा निजी क्षेत्रले उठाएका समस्या समाधानमा आफ्नो चासो र निरन्तर पहल रहने पनि राष्ट्रपति भण्डारीले बताइन् । भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले देशको आर्थिक विकास तथा उद्योग व्यवसायको वातावरण सुधारमा राष्ट्रपतिबाट प्राप्त सन्देश निकै महत्वपूर्ण रहेको बताए ।
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपाल सरकारसँग नेपाल उद्योग परिसंघले सघन सहकार्य गर्दै आएको पनि अध्यक्ष मोरले राष्ट्रपतिलाई जानकारी दिए । सरकार र व्यवसायी बीचको विश्वासको वातावरण बनाउन पर्ने र वातावरण बन्दा आर्थिक विकासमा थप मद्दत पुग्न जानेतर्फ अध्यक्ष मोरले राष्ट्रपतिको ध्यानाकर्षण गराए । यसैगरी परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको उद्यमशीलता प्रवर्द्धनका लागि विभिन्न साझेदारहरुसँगको सहकार्यमा आयोजना गर्न लागेको दोस्रो उद्यमशीलता सम्मेलनबारे पनि जानकारी गराएको थियो ।
सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, पदाधिकारीहरु, गभर्निङ्ग काउन्सिलका सदस्यहरु तथा परिसंघको युवा उद्यमी मञ्चका पदाधिकारीहरुले उद्योगी व्यवसायीहरुले भोगेका कानूनी झन्झट, विद्युत् खपत बढाउने गरी महशुल तथा संरचनागत सुधारको आवश्यकता, आयात प्रतिस्थापन तथा निकासि प्रवद्र्धनमार्फत व्यापारघाटा कम गर्ने उपायहरुबारे धारणा व्यक्त गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया