युनिश शाही र रजिना रिमालको ‘बैना रुमाल’ले ग्राहकको मन जित्दै
काठमाडौं । युनिश शाही र रजिना रिमालको ‘बैना रुमाल’ले ग्राहकको मन जित्दै गएको छ । नेपाली लोक र पप शैलीमा सार्वजनिक गरिएको यो गीतमा नेपाली समाजमा चलनचल्तीमा रहेको बैना रुमाललगायतका शब्दहरूलाई सरल, सहज र समुधुर स्वरमा समावेश गरिकै कारण गीतले श्रोता दर्शकहरूको मन जित्दै गएको हो ।
गीतमा स्वर युनिश शाही र रजिना रिमालको रहेको छ भने एरेन्ज, मिक्सिङ, मास्टरिङ र रेकर्डिङ सञ्जिव बराइलीको छ । गीतमा निराजन प्रधान र गरिमा शर्मा फिर्चड छन् । गीतको शब्द र सङ्गीत पनि युनिश शाहीले नै तयार गरेका हुन् ।
यसैगरी गीतको म्युजिक भिडियो बनाउने कार्यमा कलर प्रोजेक्ट एडभाइजरको रूपमा प्रविन मानन्धर, सम्पादक र निर्देशकको रूपमा हरि हुंमागाई, सहायक निर्देशकमा सागर प्याकुरेल रहेका छन् । म्युजिक भिडियोका अन्य कलाकारहरूमा निरञ्जन प्रधान, गरिमा शर्मा, सुरत हुमागाई र गोमा न्यौपाने रहेका छन् । भिडियोको सिनेम्याटोग्राफरमा उत्तम हुंमागाई रहेका छन् भने एसिस्टेन्ट सिनेम्याटोग्राफरमा राजेन्द्र हुंमागाई रहेका छन् । गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गहेका हुन् । गायक शाहीका अनुसार बैना रुमाल ‘क्रियटिभ ह्याट्स’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘औपचारिक शिक्षा नपाएकालाई सीपमूलक तालिम प्रभावकारी हुने’
- एक महिनादेखि खानेपानीको अभाव: होटल व्यवसायी मर्कामा
- काठमाडौँ उपत्यकाको आजको तापक्रम ३३ डिग्री
- दुई हजार ६९ बिन्दुमा खुम्चियो सेयर बजार
- गणतन्त्रप्राप्तिपछि मुलुकको विकासले गति लिएको छ: अध्यक्ष नेपाल
- वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स नेपालको अर्थतन्त्रको केन्द्र बनेको छ: महामन्त्री थापा
- एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणकै पक्षमा छ: प्रधानमन्त्री दाहाल
- भीमफेदी कार दुर्घटना: मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया