काठमाडौं, फागुन ५
घरेलु लघुवित्तद्वारा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । काभे्रपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्नो फिल्ड सहायकस्तरीय कर्मचारीहरूको सहभागितामा माघ २५ गते काठमाडौँ जिल्लाको महांकालमा बागमती र गण्डकी प्रदेशअन्तर्गतका शाखा कार्यालयमा कार्यरत फिल्ड सहायक कर्मचारीहरूलाई ‘फिल्ड सहायकस्तरीय क्षमता अभिवृद्धि तालिम’ सम्पन्न गरेको संस्थाका जनशक्ति तथा कार्यसञ्चालन विभाग प्रमुख प्रदिपकुमार घिमिरेले जानकारी दिएका छन् ।
संस्थाले स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरूमा १३ शाखा कार्यालयहरूमार्फत २०७६ पुस मसान्तसम्ममा पाँच हजार दुई सयभन्दा बढी घरपरिवारहरूमा लघुवित्तीय सेवा विस्तार गरी तीन करोडभन्दा बढी निक्षेप संकलन गर्दै २६ करोडभन्दा बढी लगानी गरी सञ्चालन मुनाफा १२ लाख ६८ हजार गर्न सफल भएको छ । तालिमका सहभागीहरूलाई स्वागत गर्दै तालिम सञ्चालनको उद्देश्य लघुवित्त कार्यक्रमको वर्तमान अवस्था, जोखिम व्यवस्थापन तथा कर्मचारी उत्प्रेरणाको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीले प्रकाश पारेका थिए ।
यस कार्यक्रममा लघुवित्त कार्यक्रम, कर्जा तथा जोखिमसम्बन्धी आवश्यक जानकारीहरूको बारेमा विभागीय प्रमुख सोनाम शेर्पा, जनशक्ति व्यवस्थापन तथा कार्य सञ्चालनसम्बन्धी आवश्यक जानकारीहरूको बारेमा विभागीय प्रमुख प्रदिपकुमार घिमिरे, लेखा तथा योजनासम्बन्धी आवश्यक जानकारीहरूको बारेमा विभागीय प्रमुख अन्जना प्याकुरेल, सूचना प्रविधि, कर्जा सूचनासँग सम्बन्धित आवश्यक जानकारीहरूको बारेमा रोशनि श्रेष्ठ तथा वर्तमान अवस्थामा लघुवित्त कार्यक्रममा शाखा कार्यालयले अपनाउनुपर्ने साबधानीको बारेमा शाखा प्रबन्धक तुल्सीराम भट्टराईले सहजीकरण गरेका थिए ।
सोही क्रममा लघुवित्त कार्यक्रमको मुटु भनेको फिल्ड रहेको तथा फिल्डको व्यवस्थापक फिल्ड कर्मचारीहरू हुने भएकोले सबैले जिम्मेवार तथा गम्भिर भएर गुणस्तरीयता कायम गर्दै कार्यक्रमको विस्तार गरी आफ्नो व्यक्तिगत तथा शाखाको निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो । अन्त्यमा सहभागीहरूको जिज्ञासाहरूको सम्बोधन गर्दै तालिमको समापन मन्तव्य संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद अधिकारीले दिएका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया