३० वर्ष व्यवसायपछि रूसबाट बाहिरिँदै म्याकडोनल्ड
मस्को । चर्चित फास्टफुड कम्पनी म्याकडोनल्डले रुस छोड्ने भएको छ । ३० वर्षसम्म व्यवसाय गरेको कम्पनीले स्थायी रुपमा रुसमा व्यवसाय नगर्ने भएको हो । कम्पनीले आफ्ना रेष्टुराँको बिक्री समेत थालिसकेको बताएको छ ।
मार्च महिनामा आफ्ना साढे आठ सय आउटलेटहरु अस्थायी रुपमा बन्दे गरेको कम्पनीले अहिले सदाका लागि रुस छोड्ने निर्णय गरेको हो । युक्रेन युद्धले मानवीय संकट र व्यवसाय सञ्चालनको अकल्पनीय अवस्थालाई कारण देखाउँदै यस्तो निर्णय लिनुपरेको कम्पनीको भनाइ छ ।
सन् १९९० मा कम्पनीले मस्कोमा पहिलो रेष्टुराँ खोलेको थियो । त्यसको एक वर्षपछि सोभियत युनियन भत्किएको थियो भने रुसले पश्चिमा कम्पनीहरुलाई आफ्नो अर्थतन्त्रसँग खुल्ला गरेको थियो । त्यसको तीन दशकपछि रुस छोड्ने कम्पनीहरुको संख्या बढ्दै गएको छ ।
‘यो एकदमै जटिल कुरा हो’, म्याकडोनल्डका प्रमुख कार्यकारी क्रिस केम्पजिन्स्कीले कर्मचारी र आपूर्तिकर्तालाई सन्देश पठाउँदै भनेका छन्, ‘केहीले खाद्य पहुँच उपलब्ध गराउने र दशौँ हजार साधारण नागरिकलाई निरन्तर रोजगारी दिने तर्क गरिरहेका छन्, त्यो गर्नु साँच्चै राम्रो हो ।’
‘तर युक्रेनमा युद्धले सिर्जना गरेको मानवीय संकटलाई बेवास्ता गर्नु असम्भव छ । र यसले गोल्डेन आर्कले प्रस्तुत गरेको त्यही आशा र प्रतिबद्धताले ३२ वर्षअघि हामीलाई रुसी बजारमा प्रवेश गर्न दिएको कल्पना गर्न असम्भव छ’, उनले थपे ।
म्याकडोनल्डले आफ्ना सबै साइटहरु स्थानीय क्रेतालाई बिक्री गर्ने र रेष्टुराँहरुको डिआर्किङको प्रक्रिया थाल्ने बताएको छ । यसमा नाम, ब्रान्ड र मेनु हटाउनेसम्मका कामहरु पर्नेछन् । रुसमा आफ्नो ट्रेडमार्क आफैँले राख्ने पनि कम्पनीले जनाएको छ ।
त्यस्तै कम्पनीले कुनै पनि बिक्री पूरा नभएसम्म आफ्ना ६२ हजार कर्मचारीलाई तलब दिने जनाएको छ । उनीहरुलाई अब किन्ने कम्पनीले रोजगारी दिने सुनिश्चितता समेत कम्पनीले गर्ने भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया