नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
नयाँ दिल्ली । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । छिमेकी देश भारतले यही वर्ष उक्त परिमाणमा मल नेपाल पठाउनलागेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
त्यस्तै भारतले अहिलेकै एक अर्ब अमेरिकी डलर ऋणअन्तर्गत श्रीलंकालाई पनि ६५ हजार टन युरिया मल आपूर्ति गर्ने भएको छ । आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकालाई सहयोग गरिरहँदा नेपाललाई भने चीनबाट सहयोग लिनुअघि नै रणनैतिक रुपमा मल सहयोग गर्न लागिएको टीओआईले समाचारमा उल्लेख गरेको छ ।
स्रोतलाई उद्धृत गर्दै लेखिएको समाचारमा भारतले १.२ लाख टन युरिया र ५० हजार टन डीएपी मल पठाउनेछ । त्यस्तै भुटानलाई पनि भारतले ५३ सय टन डीएपी मल पठाउन लागेको जनाइएको छ । रासायनिक मल निर्यातमा प्रतिबन्ध रहिरहँदा भारतबाट युरिया मल पाउने श्रीलंका नेपालपछि दोस्रो देश रहेको बताइएको छ । नेपालले दुई देशबीच भएको समझदारीअनुसार रासायनिक मल पाउनलागेको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया