ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १०७ पुग्यो
रियो दि जेनेरियो । ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ ।
कम्तीमा छ हजार छ सय ५० व्यक्तिहरू वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौँ घरहरूलाई भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ । पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो घटना हो । यसअघि दोस्रो सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा एक सय ७५ जनाले ज्यान गुमाएका थिए । अग्निनियन्त्रक र ब्राजिलियन सेनाले तालिम प्राप्त उद्धार कुकुरहरूको सहयोगमा बेपत्ता भएकाहरूको शव खोजी कार्य तीव्र बनाएको छ ।
पर्नाम्बुका २४ नगरपालिकाहरूले आपत्कालीन अवस्था घोषणा गरेका छन् भने संघीय सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका निम्ति लगभग दुई सय मिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ । भारी वर्षा जारी रहेकाले मंगलबार पनि उद्धार कार्य स्थगित गर्नुपरेको छ । साथै कारण यस क्षेत्रमा नयाँ पहिरो र बाढी आउनसक्ने चेतावनी दिइएको थियो ।
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सोमबार सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका लागि एक अर्ब रियल (लगभग २१ करोड अमेरिकी डलर) विनियोजन गर्ने घोषणा गरेका छन् । वर्षाले सर्जिपे, पाराइबा, रियो ग्रान्डे डो नोर्टे र अलागोआस राज्यहरूमा पनि क्षति पु-याएको छ जहाँ तीन जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया