३५ लाख लुट्ने प्रहरी समात्न प्रहरीको आलटाल
काठमाडौं । गत जेठ ८ गते काठमाडौंको लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिक रहेको खाजाघरबाट ३५ लाख लुटिएको घटनामा प्रहरीकै संलग्नता खुले पनि सोबारे प्रहरी प्रशासन मौन रहँदै आएको छ । प्रहरीले अहिलेसम्म औपचारिक जानकारी नदिई लुकाइराखेको सो लुटपाट घटनामा प्रहरीले दुई जना समातेको बताए पनि आफ्नै संगठनका प्रहरी अधिकृतहरु समेत संलग्न रहेको बारे भने केही बताएको छैन ।
सुनको कारोबार नै नगर्ने कास्कीको पोखरा महानगरपालिका लेखनाथ बस्ने ४० वर्षीय एक व्यक्तिले सस्तोमा सुन पाउने भएपछि पैसा खोजेर भए पनि किन्ने र महँगोमा बेच्ने नीति बनाएर लुटेरा समूहबीच सुन किनबेचको डिल गरी पैसा बोकेर त्यहाँ सुन लिन गएका थिए । त्यहाँ सस्तोमा सुन पाउनुको सट्टा आफूले लगेको पैसा नै लुटिएपछि उनले प्रहरीलाई खबर गरेका थिए र त्यसलगत्तै प्रहरी वृत्त लैनचौरको टोली त्यहाँ पुगेको थियो । प्रहरी संगठनकै एक जना सिपाही र अर्का हवल्दारको संलग्नता खुलेको ३५ लाख लुटिएको सो घटनाको विषयमा प्रहरी प्रशासनको रहस्यमय मौनता देखिँदै आएको छ ।
घटनास्थलबाट एक जनाको रेडमी कम्पनीको मोबाइल फोन, सामसुङको स्मार्ट वाच भेटिएको र सोही मोबाइलले प्रहरीको संलग्नता खुलेको थियो । लुटपाटमा संलग्न प्रहरी पक्राउबारे समेत प्रहरीले औपचारिक जानकारी गराएको छैन ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया