विद्युत्का प्रसारण लाइनमा हिँड्ने व्यक्तिको सकुशल उद्धार
काठमाडौं । नुवाकोटको ककनीस्थित विद्युत् प्रसारणलाइनमा हिँड्ने एक व्यक्तिको शनिबार नेपाली सेनाले सकुशल उद्धार गरेको छ । पोलबाट चढेर विद्युत्को प्रसारणलाइनमा हिँड्ने र झुण्डिने गरेका ती व्यक्ति नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ का माइला भन्ने प्रेम विक रहेका खुल्न आएको छ । उक्त प्रसारणलाइन माथिल्लो त्रिशूली थ्री ‘ए’को हो । उनी टावरमा चढेको चाल पाएका स्थानीयले खबर गरेपछि विद्युत् प्राधिकरणका कर्मचारीले विद्युत् प्रसारण बन्द गरेका थिए । त्यसपछि ती व्यक्ति पोलबाट चढेर तारतारै हिँडेका दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ ।
काठमाडौँबाट हेलिकप्टरमा गएको सेनाको विशेष फौज बाहिनीबाट खटिएको तालिमप्राप्त टोलीले उनलाई उद्धार गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । तारमा चढेको आठ घण्टापछि उनलाई उद्धार गरिएको हो । प्रहरीका अनुसार उनी मानसिक रोगी भएको जानकारी आएको र थप अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया